सर्वदलीय बैठक : कोरोना रोकथाममा अरुण गा.पाका सबै दलको साझा अपिल – Satabdi News

सर्वदलीय बैठक : कोरोना रोकथाममा अरुण गा.पाका सबै दलको साझा अपिल

२४ चैत, भोजपुर । विश्वको बिभिन्न देशमा महामारीको रुप लिदै आएको कोराना भाइरसको रोकथाम गर्न स्थानिय राजनीति दलहरुले सयुक्त रुपमा साझा अपिल गर्ने भएको छ।

गाउँपालिका क्षेत्र भित्रका आम नागरिकलाई कोरोना संक्रमणको जोखिमबाट सतर्क र सचेत रहन साझा अपिल गर्ने निर्णय भएको हो । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) , नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको सर्वदलीय बैठक बसि राहत वितरणलाई समेत पारदर्शि र प्रभावकारी बनाउन सवै दल सकृय रहने निर्णय समेत भएको छ ।

गाउँपालिका भित्र लकडाउनको कारणले प्रभावित, अति विपन्न परिवारहरुको पहिचान गरि राहत वितरणको सन्दर्भमा सवै दल सकृय भई राहत वितरणलाई प्रभावकारी र पार्दशी बनाउदै स्थानिय सरकारलाई पुर्णरुपमा सहयोग गर्ने निर्णय भएको नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा ० अरुण गाउँपालिका अध्यक्ष बलभद्र राईले बताउनुभयो ।

यसैगरि सर्वदलीय बैठकले अरुण गाउँपालिकाको सीमा क्षेत्रको आवतजावतलाई कडाईका साथ नियन्त्रण गर्न स्थानीय प्रहरी प्रशासनलाई अनुरोध गरि पार्टी संयन्त्रलाई समेत सकृय रुपमा परिचालन गर्ने निर्णय भएको राईले जनाउनुभयो ।

गाउँपालिका क्षेत्रका नागरिकलाई सुुसुचित गराउन आमसञ्चार माध्यमबाट सुचना प्रचारप्रसार गर्ने र्सर्वदलीय बैठकले निर्णय गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सर्वदलीय बैठक : कोरोना रोकथाममा अरुण गा.पाका सब..." A few seconds ago

सम्बन्धित खवर