बेलबारी न.पा ले कुन वडामा कहिले, कति परिवारलाई राहत वितरण गर्दै छ त ? हेनुहोस – Satabdi News

बेलबारी न.पा ले कुन वडामा कहिले, कति परिवारलाई राहत वितरण गर्दै छ त ? हेनुहोस

२३ चैत, बेलबारी । करोना भाईरसको संङकमण संगै देशमा लकडाउन हुदा दैनिक गुजारा चलाउने गरीब परिवारहरुलाई मध्यनजर गर्दै बेलबारी नगरपालिकाले आईतबार देखि राहत वितरण गर्ने भएको छ ।

शनिबार बसेको कोरोना रोग रोकथाम बेलबारी नगर समन्वय समितिको बैठकले आइतवार देखि राहत वितरण गर्ने निर्णय गरेको हो ।

पहिलो चरणमा वडा नं ७ देखि राहत वितरण गरिने कोरोना रोग रोकथाम बेलबारी नगर समन्वय समितिका संयोजक तथा बेलबारी नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

वडा नम्बर २,३,६,७,१० र ११ मा आइतवार र अन्य वडामा सोमबार राहत वितरण गरीने उनले बताए ।

मेयर सुवेदीका अनुसार

  • वडा नम्बर २ मा ३ सय २१,
  • वडा नम्बर ३ मा २ सय ८६,
  • वडा नम्बर ६ मा २ सय ६९,
  • वडा नम्बर ७ मा २ सय ६२
  • वडा नम्बर १० मा ३ सय र
  • वडा नम्बर ११ मा २ सय ५३

परिवारलाई राहत वितरण गरिने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी न.पा ले कुन वडामा कहिले, कति परिवारलाई ..." A few seconds ago

सम्बन्धित खवर