राहत वितरणका लागि बेलबारी नगरपालिकाले छुट्यायो १५लाख, सहयोग गर्न अपिल – Satabdi News

राहत वितरणका लागि बेलबारी नगरपालिकाले छुट्यायो १५लाख, सहयोग गर्न अपिल

बेलबारी । बेलबारी नगरपालिकाले राहत वितरण गर्नका लागि १५ लाख सहितको पिद ब्यबस्थापक कोषको स्थपना गरेको छ । बुधवार बसेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगरसमन्वय समितिका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको पहिलो वैठकले उक्त निर्णय गरेको हो ।

बेलबारी नगरपालिकाको बिपद ब्यबस्थापन कोष एनएमबी वैक शाखा कार्यालय बेलबारीमा रहेको खाता न  १०१२५६९८०८ मा स्थानिय राजनितिक दल, गैरसरकारी संघसस्था, निर्माण ब्याबसायि,वित्तिय संघसंस्थाहरु ,समुह तथा ब्याक्तिहरुलाई राहत वितरणका लागि रकम जम्मा गरी सहयोग गरिदिन नगरपालिकाले अनुरोध गरेको छ । राहत कोषमा सहयोग गर्नेहरुको बेलबारी नगरपालिकाको वेबसाइट, सामाजिक संजाल तथा संचार माध्यमहरुमा नामा प्रकाशन प्रसारण समेत गर्ने नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगरसमन्वय समितिकका संयोजक प्रदिप शाहाले बताए ।

यस्तै उक्त बैठकले एकद्धार प्रणालि भन्दा वाहिर गई राहत वितरण गर्ने कार्य गरेमा स्थानिय जनप्रतिनिधि र सुरक्षा निकायबाट समन्वय गरेर त्यस्ता राहत सामाग्रि जफत गर्ने समेत निर्णय समेत गरेको छ । राहतका लागि नगरपालिकाले १५ देखी २५ किलो चामल, १ किलो नुन, डेढकिलो सम्मद र एक डल्ला साबुन दिने समेत निर्णय गरेको छ । ४ जना सम्मको परिवारलाई १५ किलो तथा तहाँ भन्दा वढिको परिवारलाई २५ किलोको दरले राहत दिने समितका संयोजक तथा नगरपालिकाका मेयर सुवेदीले बताए ।
यसैगरी नगरपालिकाले नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण वडा समन्वय समिति समेत गठन गरीएको छ । वडाअध्यक्षको संयोजकतोमा समिति गठन गरीएको हो ।

यस अघिनै नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगरसमन्वय समितिका संयोजक तथा नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले नगरवासिलाई भोकै बस्न नदिने घोष्णा गरीसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राहत वितरणका लागि बेलबारी नगरपालिकाले छुट्यायो ..." A few seconds ago

सम्बन्धित खवर