बेलबारी न पा को वार्ड न ५ र ६ का बिपन्न र गरिब ७० रिशिदेव घर परिवारलाई राहत बितरण । – Satabdi News

बेलबारी न पा को वार्ड न ५ र ६ का बिपन्न र गरिब ७० रिशिदेव घर परिवारलाई राहत बितरण ।

बेलबारी। लकडाउनको आज आठौ दिन मङ्लबार बेलबारीका समाजसेवी प्रताप थापा , बेलबारी बहुउद्धेश्यीय सहकारी संस्था र सयपत्री मल्टिप्रपोज कम्पनीको सम्पुक्त रुपमा बेलबारीको वार्ड न ५ र ६ का बिपन्न र गरिब ७० घर  धुरी का रिशिदेव परिवारलाई राहत बितरण गरेका छन ।

नेपाल सरकारले लक-डाउनको समय बढाए सङगै ज्याला मजदुरी गरि खाने गरिब परिवारको घरमा बिहान बेलुका खाना खानको समस्या हुन थालेको छ ।आफ्नो नगर भित्रको गरिब र बिपन्न परिवारको यो दु:ख देख्न नसकेर सहयोग गरेको समाजसेवी प्रताप थापा बताए । सयपत्री मल्टीप्रपोजका संचालक माधब थापाले पनि बेलबारीका बिपन्न र गरिब ५० घर परिवारलाइ राहत बाडी सकेको र आज पनि यसरी सहयोग गर्न पाउदा खुुशी लागेको बताए ।

बिपन्न र गरिब  ७० घर परिवारलाई १५ केजी चामल, चिउरा २ केजी, तेल १ लिटर, साबुन १ डल्ला, दाल २ केजी, नुन १ केजी लगायतका अत्यावश्यक सामाग्रीहरु वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा वार्ड न ५ र ६ का अध्यक्ष द्वय बिश्वबन्धु बस्नेत र उदय बहादुर राई को पनि उपस्तिथी थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी न पा को वार्ड न ५ र ६ का बिपन्न र गरिब ..." A few seconds ago

सम्बन्धित खवर