नेपालमा चौथो व्यक्ति कोरोनाभाइरस संक्रमित भएकाे पुष्टि – Satabdi News

नेपालमा चौथो व्यक्ति कोरोनाभाइरस संक्रमित भएकाे पुष्टि

काठमाडौं । नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले पुष्टि गरेका छन् ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ती व्यक्तिमा संक्रमण भएको पाइएको देवकोटाले बीबीसी नेपालीलाई बताएका छन् ।

देवकोटाका अनुसार संक्रमित व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

संक्रमित व्यक्ति कुन विमानमार्फत् नेपाल फर्केका थिए भन्नेबारे सोधखोज भइरहरेको देवकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालमा चौथो व्यक्ति कोरोनाभाइरस संक्रमित भएकाे..." A few seconds ago

सम्बन्धित खवर