विश्वमा फैलिएको (कोभिड - १९) ले नेपालमा निम्त्याइएको समस्या – Satabdi News

विश्वमा फैलिएको (कोभिड – १९) ले नेपालमा निम्त्याइएको समस्या

 

केशव थापा मगर

आज बिश्व भरी नै कोरोना भाइरस (कोभिड -१९)ले कोहरम मच्चाएको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड -१९) को संक्रमण आज विश्वको १ सय ८२ वोटा राष्ट्रमा पुगेको छ । यस कोरोना भाइरसको अझै सम्म कुनै औषधी पत्ता लागि सकेको छैन । यस रोगको संक्रमण देखिएमा आइसोलेटेड र क्वारेन्टाइनमा बसेर सामान्य उपचार र रोकथाम गरेर नियन्त्रण गर्न सकिन्छ । कोरोना भाइरस (कोभिड -१९) को संक्रमण बिसेष गरि केटाकेटि, बुढाबुढी,मुटु र दमका रोगिहरुमा यो रोगको संक्रमणको जोखिम बढी हुन्छ । यस रोगको मुख्य लक्षणहरु भनेको १०१. ४ फरनहाइट भन्दा बढी ज्वरो आउनु सुखा खोकी लाग्नु ,सांस फेर्न गार्हो हुनु मुख्य लक्षणहरु हुन् ।यसको संक्रमणबाट बच्न नियमित  साबुन पानीले हात धुने वा सेनीटाइजर प्रयोग गर्ने । अनिबार्य रुपमा माक्सको प्रयोग गर्ने,भिडभाडमा नजाने , सकभर घरबाट बाहिर ननिस्किने,घरपालुवा जनुवार तथा पशु पन्छीहरुको संसर्ग बाट टाढा रहने, बोलचाल गर्दा ३ फिटको दुरी बनाएर बोल्ने,माछा मासु राम्रो सम्म पकाएर मात्र खाने, नियमित ब्यायाम गर्ने गर्नु पर्छ ।

विश्व स्वास्थ्य संगठन को तथ्यांक अनुसार हाल ४,०२,७८१ भन्दा बढी मानिसहरुलाई कोरोरोना भाइरस ( कोभिड- १९ ) को संक्रमण देखि सकिएको छ । यस रोगको संक्रमणबाट मृत्यु हुनेको संख्या २०,८९६ जना पुगिसकेको छ भने १,१३,८०२ जना मानिसहरु यस रोगको संक्रमणबाट निको भइ घर फर्किसकेको छ । यस रोगको संक्रमणबाट सबैभन्दा बढी मानबिय क्षति इटालीमा भएको छ । इटालीमा आज सम्ममा ७,५०३ जना मानिसको मृत्यु भैसकेको छ भने ७४,३८६ जना मानिसहरु यस रोगबाट संक्रमित छन । उता विकाशील राष्ट्रहरुमा पनि मानबिय क्षतिको आंकडा बढी रहेको छ । अमेरिकामा अहिले सम्म ९१० जना मानिसको मृत्यु भैसकेको छ भने ६४,७६५ जना मानिसमा यस रोगको संक्रमण देखिएको छ । उता बेलायतमा पनि ८,२६४ जना मानिसमा संक्रमित देखिएको छ भने ४३५ जना मानिसको मृयु भैसकेको पुष्टि भएको छ । स्पेनमा पनि मृत्यु हुनेको संख्या ३,४४५ जना छन भने ४७,६११ जना मानिसमा यस रोगबाट संक्रमित छन । जर्मनमा यस रोगबाट मृत्यु हुने मानिसहरुको संख्या २०७ छन भने यस रोगबाट संक्रमित हुने मानिस को संख्या ३७,३२३ जना छन । फ्रान्समा मृत्यु हुने को संख्या १,३३१ जना पुगेको छ भने यस रोग बाट संक्रमित हुने २५,२३३ जना मानिसहरु छन । भारतमा पनि मृत्यु हुनेको संख्या १२ जना पुगी सकेको छ भने ६५७ जना मानिसमा यस रोगको संक्रमित देखिएको छ । यो तथ्यांकबाट के बुझ्न सकिन्छ भने विकाशीत र सुबिधा संम्पन्न राष्ट्रहरुले कोरोना भाइरस (कोभिड – १९) को बिरुद्द आफ्नो श्रोत साधन र दक्ष चिकित्सकहरु परिचालन गर्दा पनि यस रोगको रोकथाम गर्न नसक्दा ठुलो मानबिय क्षति भएको देखिन्छ। यदि हाम्रो जस्तो अविकसित राष्ट्र र दक्ष जनशक्तिको अभाबमा यो रोगको संक्रमण देखिएमा ठुलो मानबिय क्षति सहित हाहाकार मच्चिने निश्चित छ । भारत सङ्गको खुल्ला नाकाबाट आएका नेपालिहरुको कुनै स्वास्थ्य चेक नगरी प्रवेश गरिएकोमा कोरोना भाइरस (कोभिड- १९) रोग सन्क्रमित हुने सम्भावना अझ बढी छ। नेपाललाइ अति जोखिम राष्ट्रको रुपमा महिनौ अगाडी विश्व स्वास्थ्य संगठनले घोषणा गरि सक्दा पनि नेपाल सरकारले कोरोना भाइरस ( कोभिड -१९) बाट बच्न खासै तयारी गरेको देखिदैन । अहिले सम्म नेपालमा ३ जना मात्रमा कोरोना भाइरस (कोभिड -१९) भएको पुष्टि भएपनि बाकि नागरिकमा संक्रमण छैन भनि ठोकुवा गर्न सक्ने अवस्था छैन । किनभने कोरोना भाइरसको परिक्षण गर्ने आवस्यक उपकरणहरु नहुनु, चिकित्सक र दक्ष जनशक्तिहरुको अभाब हुनु, संकास्पद व्यक्तिको ल्याब टेस्टको लागि टेकु अस्पतालमा निर्भर हुनु र जीवाणु चेक गर्ने किट सामाग्रीको अभाब प्रदेस न ३ बाहेक अन्य प्रदेसमा नभएकोले गर्दा संक्रमित संख्या यकिन हुन् सकेको छैन।

इटाली र स्पेनका नागरिकहरुले चाइनिज कोरोना भन्दै मजाक गरि कोरोना भाइरसलाइ हल्का रुपमा लिदा, ति देस हरुमा यो रोगको भयाभय स्तिथी भएको छ। महामारी रोग कोरोना भाइरसको कारण राज्यमा मानबिय क्षति संगै आर्थिक गतिबिधिमा समेत असर पर्ने निश्चित छ । यसबाट राज्यमा बिकराल समस्या उत्पन्न हुनेछ । विश्वमा कोरोना भाइरस (कोभिड – १९) को महामारी फैलिएसंगै बेलायत, अमेरिका, स्पेन,जर्मन ,फ्रान्स ,इटाली, भारत लगायत रास्ट्रहरुले आफ्ना नागरिकको लागि बिभिन्न राहतको घोषणा गरेका छन । ति राष्ट्रहरुले आफ्नो नागरिकलाइ निशुल्क खाना,निशुल्क दबाई ,उपचार, कर छुट , बिना ब्याज ऋण सहुलियत, कामदारलाइ राहत दिने जस्ता कार्यक्रमहरुको घोषणा गरिसकेका छन् । बेलायतका अर्थमन्त्री ऋषि सुनाकले रोजगार बिहिन भएको कामदारलाई कम्तिमा तिन महिनाको ८० प्रतिसत र बढीमा २ हजार ५ सय पाउण्ड सम्म सरकारले बेहोर्ने घोषणा गरेका छन । अर्थमन्त्रीले महामारी प्रभावित साना तथा ठुला सबै कम्पनिलाइ राहत दिने साथै स्वदेशी व्यवसायकालागि कर छुट दिने सहित ३० अर्ब पाउण्ड अनुदानको लागि रकम सरकारले छुट्याएको छ।

नेपालमा पनि १ हफ्ताको लागि सरकारले लक् डाउन घोषणा गरेको छ । घोषणा गरेको तेस्रो दिन सम्म मा पनि नेपाल सरकारले बिना तयारि गरेको लक् डाउन ले निम्त्याएको समस्या प्रति सरकार मौन देखिन्छ । लक् डाउन पश्चात उधोग धन्दा, कल कारखाना होटेल, डिपार्टमेन्ट, फर्म हाउस, बजारहरु बन्द गर्दा त्यहा काम गर्ने हजारौ मजदुरहरु ,कर्मचारीहरु निकालिएका छन् । हजारौ ज्याला मजदुरी गरि जिबिका गरिखाने गरिब जनताहरुको ज्याला मजदुरी कामहरु बन्द भएका छन् । गरिब ज्याला मजदुरी गरिखाने मजदुर हरुले आफ्नो रोजी रोटिको व्यवस्था कसरि गर्ने भनि चिन्तित देखिन्छन । यस लक् डाउनको समय यति नै हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । भारतले पनि २१ दिनको लक् डाउन घोषणा गरि सकेको छ । अर्का तिर लाखौ ऋण गरेर ब्यापार शुरु गरेका ब्यापारीहरु पनि बैंक ऋण र ब्याजको त्रासले पिरोलिएका छन । यस्तो संकटको बेलामा सम्पूर्ण नागरिकको जिम्मा सरकारले लिनु सक्नु पर्छ । सरकारले आफ्ना नागरिकको लागि राहत कार्यक्रमको घोषणा गरिनु पर्छ। देशका ब्यापारीहरुको लागि ऋण ब्याजमा सहुलियत वा मिनाह सम्म गराउने, करमा मिनाह दिने , पछि बैंक ऋणहरुबाट सहुलियत ब्याजमा उपलब्ध गराउने ग्यारेन्टी गर्ने जस्ता राहत कार्यक्रमहरु आफ्ना नागरिक बीचमा ल्याउन सक्नु पर्छ । जसको कारण नागरिकले राहत महसुस गर्न सकोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विश्वमा फैलिएको (कोभिड – १९) ले नेपालमा ..." A few seconds ago

सम्बन्धित खवर