कोरोनाको सङ्क्रमण हुन नदिन नेविसंघको ध्यानाकर्षण पत्र – Satabdi News

कोरोनाको सङ्क्रमण हुन नदिन नेविसंघको ध्यानाकर्षण पत्र

झापा । विश्वव्यापी रुपमा फैलिरहेको विनासकारी नोबेल कोरोना भाईरस हुनै नदिने प्रभावकारी कदमका लागि पूर्व तयारी गर्न नेविसंघ कनकाई नगरसमितीले कनकाई नगरपालिका, ईलाका प्रहरी कार्यलय, स्वास्थ बिभागलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

आज नगरप्रमुख पौडेललाई भेटी सङ्घका कनकाई नगरसभापती सागर ढकाल सहितको टोलिले कनकाई नगर भित्र भाइरस, को सङ्क्रमण हुन नदिन पूर्वसचेतनाका साथै अत्याधुनिक आसोलेसन र क्वारेन्टाइनको व्यवस्थापन गर्नका लागि ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख राजेन्द्र पोखरेलले कोरोना भाईरसको महामारी प्रति आफु सजक रहेको बताए ।

‘कोरोनाले महामारीको रुप लिँदै गएको अवस्थामा संक्रमण नगरमा भित्रिन नदिन आसोलेसनस र क्वारेन्टाईनको व्यवस्था गर्न छिटो भन्दा छिटो लागि परिरहेको र भित्रिहालेको खण्डमा रोकथाम र प्रभावकारी नियन्त्रण गर्न एकसाथ सजकता अपनाउन नगरकार्यपालिका गम्भीर भएको पौडेलले बताए। उनले भने, ‘ नगरपालिकाले सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्नुका साथै हेल्प डेस्क संचालन गरिरहेकाे छ ।

नगरपालिकाले तत्काल निर्णय गरेर आवश्यक स्वास्थ्य सामाग्री नगरवासीलाई बाड्ने पौडेलले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोनाको सङ्क्रमण हुन नदिन नेविसंघको ध्यानाकर्ष..." A few seconds ago

सम्बन्धित खवर