बैकमा २५ जना भन्दा बढी प्रबेशमा रोक – Satabdi News

बैकमा २५ जना भन्दा बढी प्रबेशमा रोक

चैत ७, काठमाडौं । कोरोना भाइरसको त्रास बढ्न थालेपछि बैंकर्स संघको आकस्मिक बैठक बसेको छ । बैठकले बैंकहरुलाई ‘एड्भाइजरी’ जारी गर्दै ‘ब्याक अफिस’ का कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ । साथै, माथिल्ला तहका कर्मचारीलाई पनि आवश्यक व्यवस्थापन मिलाएरु विदा दिन सुझाव दिएको छ । ब्याक अफिसमा बस्दा पनि कार्यालय नआई नहुने कर्मचारीलाई सिफ्टमा काम लगाउने निर्णय गरेको छ ।
ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा बसेर काम गर्ने कर्मचारीका लागि स्यानिटाइजर र मास्क अनिवार्य गरिएको छ । घरबाट काम गर्न मिल्ने कर्मचारीलाई घरमै बसेर काम गर्ने सुझाव दिएको छ । सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला नहुने निर्देशन दिइसकेको छ । यो सँगै संघले पनि बैंकमा एकै समयमा २५ जनाभन्दा बढी ग्राहक छिर्नमा रोक लगाउने निर्णय गरेको हो । संघले कार्यालय प्रवेश गर्नुअघि ग्राहकलाई स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न लगाउने निर्णय पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बैकमा २५ जना भन्दा बढी प्रबेशमा रोक" A few seconds ago

सम्बन्धित खवर