दैनिक उपभोग्य समानको अभाव हुन थालेपछि बेलबारी नगरपालिकाद्वारा बजार अनुगमन – Satabdi News

दैनिक उपभोग्य समानको अभाव हुन थालेपछि बेलबारी नगरपालिकाद्वारा बजार अनुगमन

४ चैत्र, बेलबारी । बेलबारी बजारमा अत्याबश्यक सामानहरुको अभाव हुन थालेको गुनासो आएपछि बेलबारी बजारको अनुगमन गरिएको छ । कोरोना भाईरसको कारणले गर्दा समानहरुको अभाव हुन थालेको हो ।
आज मंगलबार बेलबारी नगरपालिकाकी उप-प्रमुख ढाकाकुमारी पराजुली, बडा नं १० का अध्यक्ष गंगा याखा, कार्यपालिका सदस्य बिन्दुकला गुरुङ, शसस्त्र प्रहरी, ईलाका प्रहरी, लगायतको टोलीले बेलबारीका बिभिन्न पसल, ग्याँस डिलर , पेट्रोल पम्प, मेडिकल पसल, खाद्य स्टोर लगायतको ठाउहरुको अनुगमन गरेको हो ।
यस संगै ब्यावसायिकलाई बिक्री बितरणमा सहज बनाउन उपमेयर पराजुलीले आग्रह समेत गरेको थियो । बेलबारी बजारमा भएको दैनिक उपभोग्य समानहरु ग्यास, चामल, पेट्रोल आदिको अभाव हुन नदिनको लागि अनुगमन गरिएको पराजुलीले बताईन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित

सम्बन्धित खवर