नेपाल सुकुम्बासीको टोल कमिटी गठन – Satabdi News

नेपाल सुकुम्बासीको टोल कमिटी गठन

नरेश क्षितिज

०३ चैत,धरान ।  समाजवादी पार्टी सम्वद्ध नेपाल सुकुम्बासी ब्यवस्थापन संघ धरान ११ नं वडा कमिटीद्वारा आयोजित एक कार्यक्रमले बयानसिंह राईको अध्यक्षतामा १५ सदस्यीय नेपाल सुकुम्बासी ब्यवस्थापन संघ सगरमाथा टोल कमिटी गठन गरेको छ ।

नवगठित समितिको उपाध्यक्षमा गणेश बराईली,सचिवमा सिर्जना विश्वकर्मा,कोषाध्यक्षमा कविता बराईली,सदस्यहरुमा दिपा राई,तेजबहादुर जिमी,देवान राई,मनोज कालिकोटे,तिर्थबहादुर विश्वकर्मा,रत्नबहादुर राई,चन्द्रकुमारी गुरुङ,सरिता जिमी,पेमु नुर्वु शेर्पा,गंगा विक र लिलादेवी परियार रहेका छन् ।

संघका ११ नं वडा कमिटीका अध्यक्ष कमल लोहारको अध्यक्षता एवम् सोहि संगठनका धरान उपमहानगर कमिटी अध्यक्ष छत्रबहादुर कालिकोटे (केशव) को प्रमुख आतिथ्यमा धरान ११ को सगरमाथा टोलमा भएको उक्त कार्यक्रममा समाजवादी पार्टी शिल्पी विशेष प्रदेश समिति सदस्य तथा विशेष समिति प्रदेश १ का अध्यक्ष नरेश विश्वकर्मा ूक्षितिजू संघका धरान उपमहानगर सािति सदस्य हिराबहादुर राई लगायत पार्टी तथा जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन संघका धरान उपमहानगर समिति सचिव पूर्ण (साङ्सोङ्) बान्तवाले गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी छत्रबहादुर कालिकोटे,विशेष अतिथी नरेश विश्वकर्मा क्षितिज लगायतले नवगठित समितिलाई सफल र उदाहरणीय कार्यकालको कामना गर्दै बधाई तथा शुभकामना समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाल सुकुम्बासीको टोल कमिटी गठन" A few seconds ago

सम्बन्धित खवर