हे ! वीर गोर्खाली – Satabdi News

हे ! वीर गोर्खाली

केशव थापा मगर

तिमी नालापानी युद्ध लड्यो,
टिस्टा र काँगडा जितेर मर्यौ,
पहिलो र दोस्रो विश्व युद्ध लड्यौ,
सोह्र बर्से जवानी तोप र बारुदको धुवा संग साट्यौ,
मलाय र फोकल्याण्डमा विजयको झन्डा गाडेर मर्यौ,
सारा विश्व थर्काएर मर्यो ।

सुन्दै छु, आज पनि

ईराक र अफ्गानिस्तानको तातो मरुभुमिमा शान्तिको लागि लड्दै छौ रे ,
फगत डलर र पाउन्डमा जवानी र रगत साट्दै छौ रे ।

तर आखिरमा के पायौ ?

देशले न तिमीलाई चिन्छ,
न त तिमीलाई अधिकार दिन मान्छ ।
न दोहोरो नागरिकता दिन उचित ठान्छ ।
विश्व जित्ने वीर गोर्खालीको सन्तानलाई देशको आर्मी पुलिसमा न त योग्य ठान्छ ।

त्यसैले, म आव्हान गर्न चाहन्छु ,

हे ! वीर गोर्खाली हो

आऊ ! अब अन्तिम युद्ध तिमी आफ्नै देश भित्र लड,
तिम्रो पहिचानको लागि लड,
तिम्रो भाषा र सस्कृतिकोको लागि लड,
समानता र अधिकारको लागि लड,
आफ्नो अस्तित्वको लागि लड्,
अब फेरी एक चोटि
आफ्नै देशमा
भाबी सन्ततिको उज्यालो भबिष्यको लागि लड् ।

बेलबारी, मोरङ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हे ! वीर गोर्खाली" A few seconds ago

सम्बन्धित खवर