१३ बुदे घोषणा-पत्र जारी गर्दै किरात राई बिधार्थी संघ केन्द्रीय समितिको बैठक सम्पन्न – Satabdi News

१३ बुदे घोषणा-पत्र जारी गर्दै किरात राई बिधार्थी संघ केन्द्रीय समितिको बैठक सम्पन्न

२७ फागुन, धरान । धरानको हरियाली पार्कको सभाहलमा किरात राई विद्यार्थी संघ केन्द्रीय कार्य समितिको दोस्रो बैठक सोमबार सम्पन्न भएको छ ।

बैठकको खुल्ला सत्र किरात राई बिधार्थी संघको संस्थापक तथा प्रमुख अतिथि भीम राईले मैनबत्ति बलेर औपचारिक उद्घाटन गरेको हो।

किरात राई विद्यार्थी संघका संस्थापक भीम राईको प्रमुख आतिथ्यमा सम्पन भएको उक्त बैठकमा संघका संस्थापक मानभगत चाम्लिङ, दिपेश राई, पूर्वउपाध्यक्ष दिपेनवाला राई, उत्तम राई, लिम्बु विद्यार्थी मञ्चका उपमहासचिव सागर सरगम चेम्जोङ लगायतका नेताहरुको सहभागी रहेको हो ।

घोषणा पत्रमा किरात राई विद्यार्थी संघलाई कुनै एउटा राजनैतिक संगठनको भातृसंगठन बनाउने षडयन्त्रको अन्त्य गर्दै अबको दिनमा वार्ता र सम्वादको माध्यमबाट हल गर्नु पर्ने, साथै १ नं प्रदेशलाई किरात प्रदेश बनाउनको निम्ति सबै पहिचान पक्षधर सबै एक जुट हुनैपर्ने भन्ने कुराहरु समेटिएका छन ।

ठुलो संख्यामा उपस्थिति भएको विधाथीहरुले केही आफ्नो प्रतिभा समेत प्रस्तुत गरेको हो ।

किरात राई बिधार्थी संघ केन्द्रीय कार्य समिति दमक झापा धरान घोषणा पत्र : २०७६
१) पहिचान सहितको किरात स्वायत राज्य निर्माणको लागी पहिचान पक्षधर किरात राई विद्यार्थीहरुको ध्रुवीकरणलाई तीव्रता दिऔं ।

२) प्रदेश नम्बर १ लाई किरात प्रदेश निर्माण गर्न सबै १ नम्बर प्रदेशवासीहरुलाई गोलबद्द गरौं ।

३) किरात राई विद्यार्थी संघलाई कुनै एउटा विचार समूह वा कुनै पनि राजनैतिक संगठनको भातृ संगठन बनाउने षडयन्त्रको अन्त्य गर्दै जबरजस्त संगठनलाई कुनै पनि पार्टीको दास बनाउने झुण्डहरुको भण्डाफोर गरौं ।

४) किरात राई यायोक्खालाई सबै किरात राईहरुको साझा संस्था बनाउ.

५) किरात राई यायोक्खा माहाततमा रहेको निकायहरुमा देखिएको संस्थागत समस्याहरु तुरुन्तै हल गर.

६) मे महिनामा बेलायतमा सम्पन्न गर्ने भनिएको किरात राई अन्तराष्टिय सम्मेलनको सम्बन्धमा देखिएको समस्या अबिलम्ब हल गरी समुदायको विभाजनलाई तुरुन्तै रोक.

७) मातृभाषाको शिक्षालाई व्यवहारिक कार्यन्वयन गर्न बिद्यालयस्तरमा शिक्षक दरबन्दी कायम गर.

८) धर्म निरपेक्ष राज्यमा भईरहेको अतिहिन्दुवादी गतिविधिको भण्डाफोर गर्दै धर्म निरपेक्ष राज्यलाई व्यवहारिक कार्यन्वयन गर ।

९) सबै खाले शैक्षिक संस्थाहरुमा समावेसी सिद्धान्तको आधारमा भर्ना कोटा निर्धारण तथा छात्रवृतिको व्यवस्था गर ।

१०) विश्वव्यापी रुपमा आतंकित पार्दै फैलिरहेको कोरोना भाईरस (COVID-19) को संक्रमणबाट सबै नागरिकलाई सुरक्षित राख्न राज्यले थप बिशेष सुरक्षा सतर्कता अपनाउदै देशलाई संक्रमण मुक्त बनाउन पहल गर । साथै देशका सबै जिम्मेवार नागरिकहरु उक्त संक्रमण बाट जोगिन सचेत बनौ ।

११) कोरोना भाइरस संक्रमणको बहानामा दैनिक उपभोग्य सामाग्रीको कृतिम अभाव सिर्जना गरि कालो बजारी गर्ने व्यापारीहरुलाई कारबाही गर ।

१२) चरम रुपमा भएको मूल्य बृद्धिलाई तत्काल समायोजन गर ।

१३) राज्य आतंकको रुपमा रहेको भ्रष्टचार, कमिशनतन्त्रलाई तत्काल नियन्त्रण गर्दै भ्रष्टचारी र कमिसनखोरहरुलाई कारबाही गर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "१३ बुदे घोषणा-पत्र जारी गर्दै किरात राई बिधार्थ..." A few seconds ago

सम्बन्धित खवर