बेलबारी महोत्सवमा आज बिहिबार सन्दिप क्षेत्री र मेचु धिमालको प्रस्तुति रहने – Satabdi News

बेलबारी महोत्सवमा आज बिहिबार सन्दिप क्षेत्री र मेचु धिमालको प्रस्तुति रहने

२२ फागुन, बेलबारी । ” आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ ” मा राष्ट्रिय गायिका मेचु धिमाल आज विहिबार आउने भएको छ ।
द भोईस अफ नेपालको चौथो रनरअप मेचु धिमालले विभिन्न गित संगीतमा आफ्नो स्वर दिईसकेको छ । त्यस्तै गरि मिठाईलाल यादव सन्दीप क्षेत्री पनि आउने भएको छ ।
हिजो पाचौ दिन बुधबार गायिका तृष्णा गुरुङको प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जनका दिएका थिए । त्यसैगरी बेलबारीका स्थानिय ब्याण्ड ” टिकाहाङ एन्ड द द्रव्य ब्याण्ड ” को प्रस्तुति साथै स्थानीय कलाकारहरूको सांस्कृतिक नृत्य प्रदर्शन रहेको आयोजकले जनाएको छ ।
त्यसतै आज पनि स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । महोत्सव फागुन २४ गते सम्म चल्ने आयोजकले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी महोत्सवमा आज बिहिबार सन्दिप क्षेत्री र ..." A few seconds ago

सम्बन्धित खवर