विश्व चर्चित फुटबल खेलाडी रोनाल्डीनो पक्राउ – Satabdi News

विश्व चर्चित फुटबल खेलाडी रोनाल्डीनो पक्राउ

एजेन्सी । ब्राजिलको राष्ट्रिय टिमका पूर्व फुटबल खेलाडी रोनाल्डिनो पक्राउ परेका छन्।

बुधबार राति पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिनो र उनका भाइ रोबेर्टो पक्राउ परेको गोल डटकमले जनाएको छ। नक्कली कागजात बनाई दक्षिण अमेरिकाका राष्ट्रमा छिरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको पाराग्वेको गृह मन्त्रालयले बताएको छ।

एक क्यासिनोका मालिक नेल्सन बिलोटीको निमन्त्रणामा रोनाल्डिनो र रोबेर्टो पाराग्वे पुगेका थिए। रोनाल्डिनोसँग गत २०१८ देखि ब्राजिलको पासपोर्ट थिएन। सन् २०१८मा वातावरणीय क्षतिको जरिवाना तिर्न नसक्दा उनको पासपोर्ट कब्जा गरिएको थियो।

सन् २०१५मा लाइसेन्सबिना नै पोखरीमा माछाको जाल बनाएपछि उनलाई ८.५ मिलियन डलर तिर्न लगाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विश्व चर्चित फुटबल खेलाडी रोनाल्डीनो पक्राउ" A few seconds ago

सम्बन्धित खवर