प्रधानमन्त्रीजी आलोचन सुन्न चाहानुहुन्न :- डा.बाबुराम भट्टराई – Satabdi News

प्रधानमन्त्रीजी आलोचन सुन्न चाहानुहुन्न :- डा.बाबुराम भट्टराई

४ पोखरा । समाजबादी पार्टी संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले आलोचना सुन्नै नचाहने आरोप लगाएका छन् । आज पोखराको पिएन क्याम्पस समाजवादी विहान कार्यक्रममा उनले अहिलेको सरकार झुठको पुलिन्दा बनेको बताएका छन् । नेपालको दुईताहिई शक्तिशाली सरकारकै पालामा राज्य सबैभन्दा बढी अस्तव्यस्त बनेको बताए । उनले भने –‘नेपालको शिक्षा क्षेत्र राजनीतिक भागबण्डाको कारण दिनदिनै धरासायी बन्दैछ । सरकारी कलेजमा पढाउने लेक्चहरुलाई प्राइभेट कलेजतिर पिरियड भेटाउन भ्याईनभ्याई छ । म प्रध्यापक साथीहरुलाई यहिबाट अनुरोध गर्न चाहन्छु कि निजि कलेजहरु छाड्नुस कि सरकारी कलेज छाड्नुस । तपाईहरुले दुई मध्य एक रोज्नैपर्छ । नत्र भने हाम्रो बिश्वविद्यालयहरुको स्तर झन खस्किन्छ । म युवा विद्यार्थी साथीहरुलाई पनि यहिबाट अपिल गर्न चाहन्छु सरकारी सेवासुविधा खाएर निजि कलेतिर धाउने लेक्चरहरुलाई बहिष्कार गर्नुस ।’


उनले सरकार भ्रष्टाचारको आहलमा डुवेको आरोप लगाएका छन् । सरकारले गरेको जनविरोधी रवैयाको बिरोध नगर्ने हो भने देश धेरै पछि पर्ने उनले बिद्यार्थीहरुलाई सरकारको ग्रह्रजिम्मेबार हर्कतको बिरोध गर्न आव्हान गरेका थिए ।
कार्यक्रममा बोल्दै समाजबादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले ठुला संगठनहरुको कारण स्ववियु निर्वाचन रोकिएको आरोप लगाएका छन् । विश्वबिद्यालयमा हुने राजनीतिक नियुक्ति फाईनल नभएको कारण निर्वाचन अनिश्चित रहेको उनले बताए ।
समाजबादी विद्यार्थी युनियनले गरेको समाजबादी कार्यक्रममा सांस्कृतिक बिभिन्न किसिमका सांस्कृति कार्यक्रमहरु पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रधानमन्त्रीजी आलोचन सुन्न चाहानुहुन्न :- डा.ब..." A few seconds ago

सम्बन्धित खवर