समाजवादी पाटीको संगठन तथा पाटी सुदृढिकरण अभियान सुरु – Satabdi News

समाजवादी पाटीको संगठन तथा पाटी सुदृढिकरण अभियान सुरु

३ फागुन, विराटनगर । समाजवादी पार्टी जिल्ला कार्य समिति मोरङले सङ्गठन विस्तार तथा सुदृढिकरण अभियान सुरु गरेकोे छ । समाजवादी पार्टी प्रदेश नं १ अन्तर्गत सनिबारबाट जिल्ला स्तरीय विसु अभियान सुरु भएको छ ।शनिबार मोरङको विराटनगरमा मोरङ जिल्ला स्तरीय विसु अभियानको उद्घाटन तथा प्रशिक्षण कार्यक्रम पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गरेका थिए ।

कार्यक्रममा विस्तार  तथा सुदुदृकरण अभियानका लागि जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकिएका नेताहरु, जिल्ला समिति, जनवर्गीय संगठनका नेताहरु लगायत पार्टीका अगुवा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो । यस बिसु अभियान अन्तर्गत समाजवादी पार्टीको थप एक लाख नयाँ किर्यासिल सदस्य बडाउने मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "समाजवादी पाटीको संगठन तथा पाटी सुदृढिकरण अभियान..." A few seconds ago

सम्बन्धित खवर