फागुन १७ देखि बेलबारीमा आदिवासी जनजाती सांस्कृतिक तथा पर्यटन महोत्सव हुने – Satabdi News

फागुन १७ देखि बेलबारीमा आदिवासी जनजाती सांस्कृतिक तथा पर्यटन महोत्सव हुने

बेलबारी, माघ १७ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारी मोरङले पत्राकार सम्मेलनमा फागुन १७ देखी २४ गते सम्म आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव २०७६ गर्ने बताएका छन् । पर्टयन बर्ष सन् २०२० लाई सफल पार्न र आदिवासी जनजातिको सांस्कृतिक पहिचानलाई संरक्षण र संबद्दन गर्नको लागी महोत्सव गर्न लगाईएको बताएका छन ।

महोत्सवमा १६ वटा भन्दा बढी आदिवासी जनजातिहरुको स्टलहरु हुनेछन्  । जसमा आदिबासी जनजातिहरुको भेषभुषा, गरगहना, खानाको परिकार इत्यादि हुनेछ भने बाकी कृषि, प्रबिधि र अटोमोवायल्सको स्टल हुनेछन्  ।

महोत्सव कार्यक्रमको अनुमानित खर्च रकम २४ लाख ९० हजार हुने र अनुमानित नाफा रकम २६ लाखको हुने महासंघको सचिब मनकुमार गुरङले बताएका छन । कार्यक्रमबाट नाफा भएको रकमले आदिबासी जनजातिको शिक्षा, स्वास्थ, खेलकुद र बिभिन्न सशक्तीकरण तालिम तथा कार्यक्रममा खर्च गर्ने बताएका छन ।

महोत्सव कार्यक्रमको बिशेष सहयोगीको रुपमा बेलबारी नगरपालिका, बेलबारी मोरङ रहेको छ । आदिवासी जनजाती महासंघका अध्यक्ष तिलक प्रसाद राईले आदिबासी जनजातिको महोत्सव मात्र नभएर बेलबारी कै महोत्सव भएकोले यसलाई सफल र सभ्य बनाउन सबै बेलबारी नगरबासीलाई एक जुट हुन आग्रह गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "फागुन १७ देखि बेलबारीमा आदिवासी जनजाती सांस्कृत..." A few seconds ago

सम्बन्धित खवर