अन्तरास्ट्रिय क्रीकेट रगंशालाको निर्माणको लागी रु १ मा चिया बेच्दै बिराट्चौकका युबाहरु । – Satabdi News

अन्तरास्ट्रिय क्रीकेट रगंशालाको निर्माणको लागी रु १ मा चिया बेच्दै बिराट्चौकका युबाहरु ।

१२ माघ, सुन्दरहरैचा ।  निर्माणधिन गौतम बुद्ध अन्तरास्ट्रिय क्रीकेट रांगशालाको सहयोगार्थ रकम संकलन अन्तर्गत सुन्दरहरैचा स्थित विराटचौकमा रु १ मा एक कप चिया बेच्न शुरुवात गरिएको छ ।

सुन्दरहरैचामा रहेको यम बुद्ध क्रीकेट क्लबले आयोजना गरेको उक्त अभियान आज आइतबार देखि शुरु भई ७ दिन सम्म सञ्चालन हुने सस्थाका अध्यक्ष सेमन्त खतिवडाले बताए ।

आज देखि शुरुवात गरेको उक्त अभियानमा सुन्दरहरैचाका विभिन्न व्यक्तिहरुले रु ५०, रु १०० र  रु ५०० सम्म सहयोग गरेको अध्यक्ष खतिवडाले बताए ।

अध्यक्ष खतिवडाका अनुसार उक्त कार्यक्रमबाट करिब रु १ लाख रकम सकंलन गर्ने अनुमान गरिएको छ

राष्ट्रमा क्रीकेट खेलाडिहरुको विकास गर्नको लागि धुर्मुश सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गरिरहेको  गौतम बुद्ध अन्तरास्ट्रिय क्रीकेट रगंशालाको निर्माणमा सहयोग पुर्याउन यो अभियान संचालन गरेको र सम्पुर्ण युबाहरु यो अभियानमा जोडिनु पर्ने खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अन्तरास्ट्रिय क्रीकेट रगंशालाको निर्माणको लागी ..." A few seconds ago

सम्बन्धित खवर