भगवती मा.वि.का २०५० सालका विधार्थीहरुले मनाए बनभोज – Satabdi News

भगवती मा.वि.का २०५० सालका विधार्थीहरुले मनाए बनभोज

११ माघ, बेलबारी ।भगवती मा.विमा पढेका एस.एल.सी २०५० सालका ब्याजी बिद्यार्थीहरुले बेलबारी न पा -२ को रमिते डाँडामा भेट्घाट तथा बनभोज कार्यक्रम मनाए ।

बिराटनगर मोरङ, गौरदाह झापा, सुरुङा झापा,काठमाडौं, इटहरी सुनसरी, सुन्दरहरैचा मोरङ साथै बेलबारीमा स्थायी बसोबास गरेका बिद्यर्थीहरुको जमघट भएको थियो  । २६ बर्ष पछि आफ्ना कक्षाको सबै साथीहरु एउटै कार्यक्रममा भेट हुन पाउँदा सबै खुशी देखिए । कार्यक्रमको बिचमा परिचय कार्यक्रम राखिएको थियो ।

यस कार्यक्रममा इटहरी सुनसरीका डि.भि.एम स्कुलका सन्चालक तथा सह प्रधानाध्यापक नारायण सुबेदीले यो कार्यक्रम राम्रो हो, यस कार्यक्रम मार्फत भगवती स्कुल पढेका सम्पुर्ण विद्यार्थीहरु जोडिएर भगवती मा बि स्कुलको स्तनोत्तरी तथा असहाय बिद्यार्थीहरुलाई सहयोग गर्नु पर्ने बताए ।

गौरदाह बजार झापामा डेन्टल क्लिनिक सन्चालन गर्दै आएका डेन्टिस्ट तिलक खनालले यो कार्यक्रमलाई निरंतरता दिनुपर्ने बताए । बिराटनगर -१२ का रुबि दाहालले हामी बिचमा सहकार्य गरि एउटा सस्था बनाई कोष गठन गर्नु पर्ने र हामी बिच आइपर्ने कुनै पनि समस्यामा सहयोग गर्न सकिने योजना बनाउन सुझाब दिए ।

त्यसै गरि बिराट केवल नेटवर्क  प्रा.लि तथा सुबिसु केबलनेट सुन्दरहरैचा न.पाका सन्चालक केशव थापाले धेरै अघि देखी बनाएको कार्यक्रम आज सम्पन भएकोमा खुसी ब्यक्त गर्नु भयो । २६ बर्स पछि एउटै टेबलमा सङै बसेर भलाकुसरी गर्न पाउदा खुशीको सिमा नभएको बताउनु भयो।कुनै पनि बेला साथिहरुलाइ सहयोग गर्न,सदा तत्पर रहने प्रतीबद्दता दिनु भयो । आजको यो कार्यक्रम सम्पन्न गरेकोमा शारदा टाकिज बेलबारीका सन्चालिका  तथा श्रमिक महिला समुहकि अध्यक्ष नितु थापा कोइराला तथा सोलु कुर्ता सल्वारका सन्चालक सिताराम बस्नेतलाई मुरि मुरि धन्यबाद दिनुभयो ।

यस कार्यक्रममा सिता राई, बाबुराम खड्का, सुरेन्द्र तामाङ, सन्जय सुबेदी, सुशिल सुबेदी, नगेन्द्र सुबेदी, टंक मगर, सुशिला कार्की , मिना गुरुङ र नितु शर्मा लगायतले कार्यक्रमका संंयोजक र उपस्थित साथीहरुलाई धन्यबाद दिएका थिए ।

यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता  दिने सम्योजक नितु थापा कोइराला र सिताराम बस्नेतले प्रतिबद्दता गर्नु भयो । साथै कार्यक्रममा सहयोग  गर्नु हुने केशब थापा मगर , सुरेन्द्र तामाङ , सन्जय सुबेदी र बाबुराम खड्कालाइ धन्यबाद दिनु भयो । कार्यक्रममा दिवङगत साथी स्वर्गिय सुनिता खुलाल , सुरज  गुरुङ ( मुना )  र बद्री सरलाइ सम्झना गर्दै १ मिनेट मौन धारण गरेका थिए । यस कार्यक्रम नितु थापा कोइराला र सिताराम बस्नेतको सम्योजकत्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भगवती मा.वि.का २०५० सालका विधार्थीहरुले मनाए बनभोज" A few seconds ago

सम्बन्धित खवर