प्रदेश न १ मा सुरु भयो समाजवादी पार्टीको ‘विसु’ अभियान  – Satabdi News

प्रदेश न १ मा सुरु भयो समाजवादी पार्टीको ‘विसु’ अभियान 

४ माघ, बिराटनगर । समाजवादी पार्टीको ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान)’ प्रदेश न १ को बिराटनगर  मोरङमा सुरु भएको छ । आजै देखि बाकी प्रदेशहरुबाट पनि  एकसाथ अभियान सुरु भएको छ ।

नयाँ शक्ति र संघीय समाजवादी पार्टी एकीकरण भएपछि प्राप्त वैचारिक उर्जालाई संगठनात्मक शक्तिमा रुपान्तरण गर्ने उद्देश्यसहित अभियान सुरु गरिएको हो। वैशाखमा पार्टी एकिकरण भएपछि संगठन विस्तारका लागि सुरु गरिएको यो पहिलो अभियान हो ।

अभियानको सुरुवात प्रदेश–१ मा वरिष्ठ नेता अशोक राई, प्रदेश–२ मा अध्यक्ष उपेन्द्र यादव, वागमती प्रदेशमा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, ५–प्रदेशमा उपाध्यक्ष नवराज सुवेदी, कर्णाली प्रदेशमा उपाध्यक्ष युवराज कार्की र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष हेमराज राईले गरेका छन् ।

देशभरका गाउँपालिका तथा नगरपालिकाको वडा र टोल–टोलसम्म संगठन निर्माण र पार्टीको विचार जनताबीचमा लैजाने उद्देश्य का साथ सुरु गरिएको  अभियानको उद्‌घाटनमा अभिमुखीकरणका विषयवस्तु, वर्तमान राजनीतिक परिस्थिति, पार्टीको सैद्धान्तिक अवधारणा, पार्टीको संगठनात्मक सिद्धान्त र कार्यपद्धति तथा अभियानको महत्वलगायत विषयमा बरिश्ठ नेता अशोक राइ र उपाध्यक्ष रकम चेम्जोङ ले बोलेका थिए ।

तीन महिनासम्म चल्ने अभियानमा ७७ वटै जिल्लामा संयोजक र १६५ वटै निर्वाचन क्षेत्रमा अभियन्ता रहने छन्। सम्बन्धित जिल्लाका वरिष्ठ केन्द्रीय सदस्यलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ।अभियान अवधिभर पार्टीका उपाध्यक्षहरुले अनुगमन गर्नेछन् ।

प्रदेश–१ मा रकम चेम्जोङ, प्रदेश–२ मा लालबाबु राउत, वागमती प्रदेशमा हिसिला यमी, गण्डकी प्रदेशमा हेमराज राई, प्रदेश–५ मा नवराज सुवेदी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा युवराज कार्कीलाई अनुगमनको जिम्मेवारी दिइएको छ।

कार्यक्रम प्रदेश न १ का उपाध्यक्ष दिपक याखाको अध्यक्षतामा बरिश्ठ  नेता अशोक राइ र केन्द्रका नेता रकम चेम्जोङ ,पर्शुराम खापुङ, रणध्वज कान्दङ्वा, पर्शुराम बस्नेत, जयराम यादब लगायत नेताहरुको उपस्तिथि थियो भने कार्यक्रम सन्चालन मुख्य सचिब प्रभु नारायण श्रेष्ठले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रदेश न १ मा सुरु भयो समाजवादी पार्टीको ‘विसु’..." A few seconds ago

सम्बन्धित खवर