४ माघ, काठमाडौं। समाजवादी पाटी निकट समाजवादी विद्यार्थी युनियनले केन्द्रीय समिति नामवली सार्वजनिक गरेको छ ।
तत्कालीन नयाँ शक्ति निकट नयाँ शक्ति विद्यार्थी युनियन र संघीय समाजवादी फोरम नेपाल निकट समाजवादी विद्यार्थी फोरम बीच एकतापछि समाजवादी विद्यार्थी युनियन बनेको हो ।