इटहरीमा टयाङकरको ठक्करले एक महिलाको मृत्यु – Satabdi News

इटहरीमा टयाङकरको ठक्करले एक महिलाको मृत्यु

२८ पुस, इटहरी । इटहरी– ५ स्थित जनताबस्तीमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

को १ ख ७१२१ नम्बरको सेफ्टी ट्याङकीले साईकलमा सवार इटहरी–४, हलगडा बस्दै आएकी २५ बर्षिय सुनिता कार्कीलाई ठक्कर दिएको थियो । उनलाई उपचारको लागि विराटनगर लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

सेफ्टी ट्याङकीले ठक्कर दिएपछि लडेकी कार्कीलाई ब्याक गरेर किचेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार त्यो बेला सह-चालकले सवारी चलाएका थिए ।

कार्की इटहरीको महेश्वर बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "इटहरीमा टयाङकरको ठक्करले एक महिलाको मृत्यु" A few seconds ago

सम्बन्धित खवर