जहदामा पुस २६ गते देखि क्रिकेट प्रतियोगिता हुने – Satabdi News

जहदामा पुस २६ गते देखि क्रिकेट प्रतियोगिता हुने

२४ पुस, जहदा : जहदा गाउँपालिकामा वडा नं. ४ स्थित रामचौकमा वडा अध्यक्ष कप नक आउट क्रिकेट प्रतियोगिता हुने भएको छ । लक्ष्मीनिया युवा क्लबको आयोजनामा आगामी पुस २६ गतेबाट हुने भएको हो।

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगितामा जहदा रहेका सबै वडाका साथै कटहरी, धनपालथान, विराटनगर र भारतका समेत गरी कुल १६ वटा टिमहरु सहभागी हुने आयोजनले जनाएको छ । आयोजकले पुस २६ गते शनिबारदेखि माघ ५ गते आईतबार सम्म चल्ने उक्त प्रतियोगितामा विजेता टिमलाई नगद रु. ५१ हजार, प्रमाणपत्र मेडल र उपविजेता टिमलाई नगद रु. २१ हजार सहित प्रमाणपत्र, कप र मेडल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जहदामा पुस २६ गते देखि क्रिकेट प्रतियोगिता हुने" A few seconds ago

सम्बन्धित खवर