दोस्रो कुसुमे उधैली कप - २०७६ को आयब्यय सार्वजनिक – Satabdi News

दोस्रो कुसुमे उधैली कप – २०७६ को आयब्यय सार्वजनिक

२२ पौष , केराबारी । मोरङको केराबारी ९ स्थित कुसुमे साइनिङ कलबद्वारा गत मंसिर २० देखि २६ गतेसम्म सम्पन्न दोस्रो कुसुमे उधौली कप – २०७६ को आयब्यय पत्रकार सम्मेलन कार्यक्रमका बिच सार्वजनिक गरीएको छ ।
आयोजक कुसुमे साइनिङ क्लबले आयब्यय सार्वजनिक गरेको हो । उक्त प्रतियोगितामा ४ लाख ७१ हजार ९ सय १२ रुपैयाँ आम्दानी भएको र ३ लाख ८५ हजार ६ सय ५६ रुपैया खर्च भएको छ । क्लबको खातामा अहिले ८६ हजार दुई सय ५६ रुपैंयाँ मौज्दात रहेको छ । उक्त प्रतियोगितामा बिजेता र उपबिजेता टिमलाई ८२ हजार सहित बिभिन्न बिधाका उत्कृष्ठ खेलाडीलाई पुरस्कृत गरीएको क्लबका सचिव अमर राईले जानकारी दिए ।
कुसुमे साइनिङ क्लबले विभिन्न सांगीतिक कार्यक्रमका अतिरिक्त विभिन्न विपत्तमा परेकाहरुलाई सरसहयोग र सामाजिक कार्य गर्दै आएको छ। क्लबले यश अघि पनि दुई पटक राष्ट्रिय कलाकार सहितको सांगीतिक कार्यक्रम सफलतापुर्बक सम्मपन्न गरिसकेको छ। प्रतियोगिताबाट बचत रकमले कार्यलयलाई आवस्यक फर्निचर खरिद गर्ने, फुटबल प्रशिक्षण गर्ने क्लबको योजना रहेको छ।
आयब्यय सार्वजनिक कार्यक्रममा क्लबका अध्यक्ष भक्तशेर लिम्बुले प्रतियोगिताका लागि आर्थिक, नैतिक, भौतिक सहयोग गर्नु हुने सम्पुर्ण सहयोगत दाताहरुलाई धन्यवाद तथा आभार ब्यक्त गरे । लिम्बुले आगामी दिनमा पनि प्रतियोगीताको संस्करणलाई निरन्तरता दिने जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दोस्रो कुसुमे उधैली कप – २०७६ को आयब्यय स..." A few seconds ago

सम्बन्धित खवर