प्रदेशको क्षेत्रअधिकार भित्र हस्तक्षेप नगर्न संघीय सरकारलाई मुख्यमन्त्री राउतको चेतावनी – Satabdi News

प्रदेशको क्षेत्रअधिकार भित्र हस्तक्षेप नगर्न संघीय सरकारलाई मुख्यमन्त्री राउतको चेतावनी

१९ पौष, बारा । २ नं प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको क्षेत्रअधिकार भित्र हस्तक्षेप नगर्न संघीय सरकारलाई चेतावनी  दिएका छन्।

तराई यातायात व्यवसायी संघको १४औँ वार्षिक साधारण सभामा बोल्दै मुख्यमन्त्री राउतले संघीय सरकारलाई आफु अनुकल काम नगर्न र सचेत भएर काम गर्न सुझाव दिएका हुन् । छिमेकी मुलुक भारतमा सागरनाथको विषयमा सर्वोच्च अदालतले गरेको फैसलालाई उदाहरण दिँदै मुख्यमन्त्री राउतले भने ‘सागरनाथको विषयलाई हेरर नेपालको संघीय सरकार सचेत हुनुपर्छ।

प्रदेश सरकारको क्षेत्राधिकार भित्र हात हाल्दा सर्वोच्च अदालतले जुन किसिमको निर्णय गरेको छ र यहि कारणले पनि प्रदेश भित्रको जंगल, प्राकृतिक श्रोत साधन प्रदेशको क्षेत्राधिकार भित्र पर्दछ’ मुख्यमन्त्री राउतले थपे ‘संविधानमा व्यवस्था भए अनुसार प्रदेश सरकारले अब आफ्नो ढंगले भौतिक पूर्वाधार निमार्ण गर्न सक्छ, यसमा संघीय सरकारले हस्तक्षेप गर्न सक्दैन्।’ संघीय सरकारको कार्यशैलीको चर्को आलोचना गरेका मुख्यमन्त्री राउतले तीनै तहको सरकारबीच सहकार्य गर्नुपर्ने बताउदै संवैधानिक प्रावधान विपरीत काम नगर्न सुझाब दिएको छन् ।

‘हामीले गर्न खोजको काममा संघ भन्दा प्रदेश सरकार अलि अगाडि लाग्यो भन्‍ने आरोप संघीय सरकारको छ’ उनले भने संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारको भूमिका र कार्य क्षेत्र के हुने भन्ने विषयमा अहिले पनि स्पष्ट हुन सकिएको छैन।’ कार्यक्रममा यातायात व्यवसायीले पथलैया (वीरगञ्ज औद्योगिक करिडोरमा सवारी पार्किङ ठूलो समस्या भएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए। मुख्यमन्त्री राउतले ट्रक पार्किङको समस्या समाधानमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा २ नं प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले प्रदेश सरकार व्यवसायी दुःखसुखमा काम गर्न तयार रहेको बताए। संघीय सरकारको क्षेत्राधिकार स्पष्ट नभएको कारण व्यवसायी अन्योलमा परेका छन्’ हिन्दी भाषामा मन्तव्य दिएका मन्त्री सोनलले भने, ‘संघीय सरकारको मन्त्रिपरिषद्ले एक प्रकारको निर्णय गर्छ। संविधानमा अर्कै प्रकारको प्रावाधान रहेको छ, यसले उपभोक्तामा समस्या निम्त्याउँछ।’

प्रदेश सरकारले यातायात व्यवसायसम्बन्धी तयार गरेको मस्यौदा कार्यान्वयनमा ल्याउनुपूर्व व्यवसायीको सुझाव लिइने मन्त्री सोनलले बताए। ११ सय २२ सेयर सदस्य, १७ सय मतदाता र २२ सय गाडी संख्या रहेको ट्रक यातायात व्यवसायीको छाता संगठन तराई यातायात व्यवसायी संघको ५औँ अधिवेशनबाट आज नयाँ कार्यसमितिसमेत चयन हुनुपर्नेमा सदस्यको बहुमत नपुगेर स्थिगित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रदेशको क्षेत्रअधिकार भित्र हस्तक्षेप नगर्न सं..." A few seconds ago

सम्बन्धित खवर