हेभेन्ली निर्भाणा पाथद्वरा '' दुखहरण पुजा २०२०'' सम्पन – Satabdi News

हेभेन्ली निर्भाणा पाथद्वरा ” दुखहरण पुजा २०२०” सम्पन

१६ पौष, झापा । हेभेन्ली निर्भाणा पाथ नेपालले सबै पशुप्राणी तथा मानवहरुको दुखहरण होस भनि ”दुखहरण पुजा २०२०” सम्पन गरेको छ । हेभेन्ली निर्भाणा पाथ झापाको व्यवास्थापनमा ”दुखहरण पुजा २०२०” कमल गाउपालिका स्थित प्रेमवादी सामुदायिक भवनमा भएको थियो ।

पुजाको उद्घाटन तथा दिप प्रज्वलन बाल तपस्वी सत गुरु ओमनन्द गुरुहजुरले विहान ७ बजे गर्नु भएको छ । हिन्दु, मुस्लिम, इसाई लगायत सबै धर्मगुरुहरुको उपस्थितिमा भएको पुजामा सबैले आ-आफ्नो मन्त्र साथै प्रार्थना गरेका थिए।

पुजामा बाल तपस्वी सत गुरु ओमनन्द गुरुहजुरले आशिसमय वाचनहरु यात्रीजनहरुले ग्रहण गरेका थिए।

कार्यक्रममा गुरु आसनमा सेमिङ गुरु (भारत) अमिताभ गुरु(भारत) ब्यासनन्द गुरु, एम डि गुरुङ लगायत आसिन रहनु भएको हो । त्यस्तै अतिथिहरुमा कमल गाउपालिकाका उपाध्यक्ष बेणु सिवाकोटी, कमल गाउपालिका वडा नं ५ का अध्यक्ष डम्बर निरौला, कार्यपालिका सदस्य गीता गजुरेल, समाजसेवा दिलिप बान्तावा, हेभेन्ली पाथ युकेका प्रतिनिधि तुलसीराज राई, चन्द्रकला राई, भुटानका प्रतिनिधि छिरिङ पेन्जोर लगायतको उपस्थिति रहेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि १ न प्रदेशका सुशासन तथा योजना समितिका सभापति तथा सभासद अर्जुन कुमार राईले यो दुखहरण पुजाले सबैको दुख हटेर जाहोस भन्दै सरकार लिएको नारा संमृध्द नेपाल सुखी नेपालीको अभियानलाई सम्पुर्ण धार्मिक संस्था, समाजिक संस्था लागयत सबै निकायहरु लाग्नु पर्नेमा विशेष जोड दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा अमिताभ गुरु भारत, ब्यासनन्द गुरु भारत कमल गाउपालिकाका उपाध्यक्ष बेणु सिवाकोटी, समाजसेवी दिलिप बान्तावा लगायतले आफ्नो मन्तब्य राख्नु भएको हो ।

कार्यक्रममा झापा, मोरङ सुनसरी, इलाम, उदयपुर, पाचथर,ताप्लेजुङ, संखुवासभा लगायत भारत, भुटानबाट पनि हेभेन्ली निर्भाणा पाथका यात्रीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमका हेभेन्ली निर्भाणा पाथ झापाका अध्यक्ष गजुरमान राईले सभाध्यक्ष गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव रमा श्रेष्ठले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हेभेन्ली निर्भाणा पाथद्वरा ” दुखहरण पुजा ..." A few seconds ago

सम्बन्धित खवर