गजल ( सत्तीस कार्की समिर ) – Satabdi News

गजल ( सत्तीस कार्की समिर )

सत्तिस कार्की समीर
गजल
छोरा पोहोर परदेश गाको,लास बनेर आयो
पुस लाग्यो जाडो यहाँ, बकवास बनेर आयो

दुईतिहाईको सरकारले पनि राम्रोकाम ननगरेपछी
व्यङ्गय गर्नै भएपनि विपक्षलाई ,यो पल खास बनेर अायो

चार चार पटक फेल भएर पनि बसिरहेछ उ
फेरि परीक्षा आयो उस्लाई,पनि आस बनेर आयो

नातावाद चल्यो यहाँ काम केहीनै नपाएसी
हेर्नुस त मेरो साथी राजनितीमा ,कसरी पास बनेर आयो

महलमा बस्ने मानिसले थोत्रो भनी फालेको लुगा
झुपडीमा बस्ने गरिबलाई ,जाडोमा कपास बनेर आयो

छोरा पोहोर परदेश गाको ,लास बनेर आयो
हेर्नुस त मेरो साथी राजनितीमा,कसरी पास बनेर आयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गजल ( सत्तीस कार्की समिर )" A few seconds ago

सम्बन्धित खवर