पञ्जीकरण विभागले ६ सय कर्मचारी माग्यो – Satabdi News

पञ्जीकरण विभागले ६ सय कर्मचारी माग्यो

२३ मंसिर,  काठमाडौँ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले  ६  जिल्लाको लागि ६ सय जना कर्मचरीको माग गरेको छ । राष्ट्रिय परिचय पत्र वितरण कार्यका लागि विभागले करारमा कर्मचारी माग गरेको हो ।

झापा, ललितपुर, कञ्चनपुर, संखुवासभा, गुल्मी र चितवनका लागि आवेदन गरिएको विभागले जनाएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २०७६ पुष ७ गतभित्र सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा १० रुपैयाँको टिकट टाँसि दरखास्त दिनुपर्ने छ ।

नेपाली नागरिकलाई राष्ट्रिय परिचय पत्र उपलब्ध गराउन घुम्ती सेवा सञ्चालन गरेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पञ्जीकरण विभागले ६ सय कर्मचारी माग्यो" A few seconds ago

सम्बन्धित खवर