कोहलपुरमा प्रहरीले कुट्यो स्कूले बालबालिका, निर्दयीपनको पराकाष्ठा – Satabdi News

कोहलपुरमा प्रहरीले कुट्यो स्कूले बालबालिका, निर्दयीपनको पराकाष्ठा

२२ मंसिर, कोहलपुर । बाँकेको कोहलपुरमा प्रहरीबाट स्कुले बालबालिकाहरु कुटिएका छन् । आमनागरिकको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरीको हातबाट नै निरापराध स्कूले बालबालिकाहरु कुटिएका हुन् ।

सडकमा हिँड्दै गरेका साना साना कलिला बालबालिकाहरुलाई हात समातेर कुटिएको तस्वीरहरु सार्वजनिक भएका छन् । कुटाईबाट कति विद्यार्थीको टाउको नै फुटेको छ ।

स्कुले विद्यार्थीहरुमाथि यसरी निर्ममतापूर्वक प्रहरीले बल प्रयोग गरेकामा मानवअधिकारकर्मी, अभिभावक र शिक्षकहरुले आपत्ति जनाएका छन् । घटनाको भत्र्सना गर्दै उनीहरुले प्रहरीको रवैयाबाट आफुहरु स्तब्ध बनेको उल्लेख गरेका हुन् ।

आफुहरुसँगै अध्ययन गर्ने कक्षा सातकी साथिलाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि दोषीलाई दण्ड दिन माग गर्दै सडकमा आएका बालबालिकाहरुलाई प्रहरीले बल प्रयोग गरेको हो ।

कोहलपुर–नेपालगञ्ज सडकखण्डमा रहेको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने आफ्नी छोरी प्रकृति चन्दलाई स्कुटरमा राखेर विद्यालयको गेटमा छाडेलगत्तै कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयकै अगाडि प्रगतीलाई ठक्कर दिएको थियो ।

प्रगतिका कलिला खुट्टामा ट्रकको चक्काले कुल्चिँदा उनको दुबै खुट्टा काम नलाग्ने भएको छ । आफ्नी साथीलाई ट्रकले किचेपछि विद्यार्थी आक्रोशित भएका थिए ।

आक्रोशित विद्यार्थीले ट्रकमा ढुङ्गा हान्न र चालकलाई लखेट्न थाले । त्यही बेला पुगेको प्रहरीले परिस्थितिलाई नियन्त्रणमा लिन संयमता अपनाउनेभन्दा उल्टै विद्यार्थीलाई कुट्न थाल्यो ।

सडक र स्कूलमा जुन विद्यार्थी भेटेपनि कुट्न थालेको प्रहरी विद्यालयभित्रै पसेर कुटपीटमा उत्रिएपछि स्थानीय पनि विरोधमा ओर्लिएका थिए । पछि भिडन्त बढ्दै जाँदा प्रदर्शनकारी र प्रहरी पनि घाइते भएका छन् ।

परिस्थिति नियन्त्रण बाहिर जान नदिन अश्रुग्यास प्रहारदेखि कर्फ्यू नै लगाउनुपर्ने अवस्था आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोहलपुरमा प्रहरीले कुट्यो स्कूले बालबालिका, निर..." A few seconds ago

सम्बन्धित खवर