बिर्तामोड सडक खण्डमा बस दुर्घटना, १३ घाईते – Satabdi News

बिर्तामोड सडक खण्डमा बस दुर्घटना, १३ घाईते

२१ मंसिर, बिर्तामोड । पूर्वापश्चिम लोकमार्ग अन्तरगत बिर्तामोड सडक खण्डको रेखा पुल नजिकै आज शनिबार विहान बस दुर्घना भएकाे छ । दुर्घटनामा परी १३ जना यात्रु घाइते भएका छन् ।

झापाको दमकबाट बनभोजका लागि इलामको कन्याम हिँडेको ना. ६ ख ६१८१ नम्वरको बस दुर्घटनमा परेको हो । दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार दुर्घटनामा परी बसका सह चालक मोरङ पथरी–१ निवासी ३० वर्षीय विकास लिम्बू सहित दमक–१० निवासी २७ वर्षीय सन्तोष खड्का, सोही ठाउँ निवासी १९ वर्षीय पवन खड्का, उर्लावारी–३ निवासी १७ वर्षीया स्मृति धिमाल रहेका छन् ।

त्यस्तै दुर्घटनामा परी दमक १० निवासी १४ वर्षीय अभय धिमाल, मोरङ उर्लावारी ७ निवासी २२ वर्षीया माया घिमाल, दमक–१० निवासी १८ वर्षीया विविशा धिमाल, सोही ठाउँ निवासी १९ वर्षीया विनिता हमाल, २२ वर्षीय रोशन धिमाल, २८ वर्षीय नेत्र नेपाली, १८ वर्षीय आयुष नेपाली, १९ वर्षीय प्रदीप रिजाल र ४० वर्षीया नैनकला खड्का रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बिर्तामोड सडक खण्डमा बस दुर्घटना, १३ घाईते" A few seconds ago

सम्बन्धित खवर