कुसुमे साईनिङ क्लवद्धारा दोस्रो कुसुमे उभौली कप हुदै – Satabdi News

कुसुमे साईनिङ क्लवद्धारा दोस्रो कुसुमे उभौली कप हुदै

१९ मङ्सिर, मोरङ । मोरङको केराबारी – ९ कुसुमेमा यहि मङ्सिर २० गते बाट ” दोश्रो कुसुमे उद्यौली कप २०७६ ” हुने भएको छ ।
कुसुमे साईनिङ क्लवद्धारा आयोजित फुटबल  प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताए । खेलमैदान मर्मत तथा उद्घाटन कार्यक्रमको व्यवस्थापनको तयारी भएको बताएका छन् ।

फुटबल प्रतियोगितामा ८ टिम सहभागी हुने भएको छ । रोयल फुटबल क्लव दमक, ईटहरी फुटबल क्लव सुनसरी ,सशस्त्र प्रहरी वल पूर्वाञ्चल ,लेटाङ फुटबल क्लव लेटाङ ,पथरी फुटबल क्लव मोरङ, बेलबारी फुटबल क्लव बेलबारी , डिवाईसी बेलबारी र आयोजक कुसुमे साईनिङ क्लव रहेका छन् ।

प्रतियोगितामा विजेतालाई ५१ हजार, ट्रफी र प्रमाण पत्र र उपविजेतालाई ३१ हजार,ट्रफी र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताका लागि केराबारी गाउँपालिका, देवीझोडा सामुदायिक वन केराबारी ९ र प्राविधिक सहयोग पूर्वज्योति क्लवको रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक कुसुमे साईनिङ क्लव र रोयल फुटबल क्लव दमक बीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कुसुमे साईनिङ क्लवद्धारा दोस्रो कुसुमे उभौली कप..." A few seconds ago

सम्बन्धित खवर