बलात्कारको अभियोगमा पत्रकार शिव सुबेदी पक्राऊ – Satabdi News

बलात्कारको अभियोगमा पत्रकार शिव सुबेदी पक्राऊ

१७ मंसिर, बुटवल । १६ वर्षकी किशोरीलाई बलात्कार गरेको अभियोगमा पत्रकार शिव सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक कृष्ण रानाका सुवेदीलाई गत आइतबार नै पक्राउ गरिएको हो । नेकपा निकट रहेका पत्रकार सुवेदी नागरिक दैनिकको गुल्मी जिल्लाको संवाददाता हुन् ।

स्याङजा आलमदेवी–३ घर भई बुटवल बस्दै आएकी किशोरीले गत मंसिर १ गते आफु माथि बलात्कार गरेको भन्दै सुवेदी विरुद्ध उजुरी दिएकी थिइन् । मगर थरकी ती किशोरीले ११ गते प्रहरीमा उजुरी दिएकी हुन् । गत मंसिर १ देखि ३ गतेसम्म लुम्बिनी सञ्चालित ‘लुम्बिनी न्यूज फेस्टिभल’मा उक्त बलात्कारको घटना भएको हो ।

घटना यसरी भयो,

बुटवलमा आफन्तकोमा बसेर कक्षा ११ मा पढिरहेकी पीडित किशोरी स्थानीय एक एफएम रेडियोमा बाल कार्यक्रमको प्रस्तोता थिइन् ।
लुम्बिनीमा लुम्बिनी न्यूज फेस्टिभल हुने भएपछि उक्त कार्यक्रममा सहभागी हुन उनलाई उनका साथी रिया बस्नेतले पटक पटक आग्रह गरिन् ।
रिया बस्नेतको आग्रहपछि उनी पनि सो कार्यक्रममा गइन् । कार्यक्रमको पहिलो दिन राति ९ बजेसम्म कार्यक्रम चलेको थियो ।

रिया बस्नेत र ती युवती बस्नका लागि लुम्बिनी बुद्ध इन्टरनेशनल होटलको कोठा नं २ पहिल्यै बुकिङ गरिएको थियो । कार्यक्रम सकेर कोठा आउँदा रिया बस्नेत र ती किशोरीका साथै पत्रकार शिव सुवेदी र प्रकाश भनिने अर्का व्यक्ति पनि आए ।
होटलको कोठामा पत्रकार सुवेदी सहितले बियर मगाएर पिए । उनीहरुले एप्पलको स्वाद भएको ह्विस्की पनि पिए । ती किशोरीलाई विदेशी जुस भन्दै उक्त ह्विस्की जबरजस्ती पिउन लगाइयो ।

केही बेरमा रिया र प्रकाश पानी किनेर ल्याउने भन्दै कोठाबाट बाहिरिए । उनीहरुले बाहिरबाट कोठाको चुकुल लगाइदिए ।
त्यसपछि पत्रकार सुवेदीको पापी मन किशोरी माथि गाडियो । उनले किशोरीलाई बेडमा सुताएर किस गर्दै संवेदनशील अंग छुदै सबै गरे ।
किशोरीको मुख थुनेर काम तमामा गरियो । त्यसपछि किशोरी झ्यालबाट हाम फालेर भागिन् । साथी रियालाई सबै घटनाको फेरिस्त सुनाइन् ।
पत्रकार नै पत्रकार भेला भएको उक्त क्षेत्रमा खैलाबैला भएपछि भोलिपल्ट विहान बुद्ध टेलिभिजनका पत्रकार कपिल ज्ञवालीको रोहबरमा सुवेदीलाई माफ माग्न लगाइयो । किशोरीलाई आफु नै बेइज्जेत हुने धम्की दिएर यो गरियो ।

चिनजान नै नभएको व्यक्तिबाट बलात्कारमा परेको भए पनि किशोरीले सुरुमा परिवारका कसैलाई भनिनन् । तर, हल्ला फिजियो र परिवारसम्म पुग्यो ।
परिवारकै सल्लाह अनुसार उनले गत ११ गते प्रहरीमा उजुरी दिएकी हुन् ।
‘पत्रकार सुवेदीमाथि अहिले अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक कृष्ण रानाले भने, ‘पीडित किशोरीको स्वास्थपरीक्षण गर्ने, उनीसित सोधपुछ गर्ने काम भइरहेको छ, बाँकी केही दिनभित्रै थाहा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बलात्कारको अभियोगमा पत्रकार शिव सुबेदी पक्राऊ" A few seconds ago

सम्बन्धित खवर