२८औं अन्तर्राष्ट्रिय अपांगता दिवस कानेपोखरीमा मनाइयो – Satabdi News

२८औं अन्तर्राष्ट्रिय अपांगता दिवस कानेपोखरीमा मनाइयो

१४ मंसिर, मोरङ । मोरङको कानेपोखरी गाउपालिकामा २८औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइएकाेे छ ।

सोमबार कानेपोखरी गाउँपालिका अपाङ्गता समन्वय समितिको आयोजनामा ८० जना अपांगता भएकाहरुलाई परिचयपत्र वितरण गरियाे । दिवसको अवसरमा अपांगतालाई काम लाग्ने वाकर, इयरफोन र वाइट स्टीक ५ जनालाई वितरण गरियाे ।

कार्यक्रममा खुल्ला हाजिरीजवाफ प्रतियोगिता अपांगता पहिचानका लागि स्वास्थ शिविर समेत भएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष राजमती इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत पुरषोतम धिमिरे, वडा नं २ वडाध्यक्ष सुशील बुढाथोकी, ६ का खड्ग बस्नेत, नेपाली कांग्रेसका नेता योगेन्द्र दाहाल, नेकपाका नेता भोला अधिकारी, जनसेवा माविका प्रधानाध्यापक दामोदार सिग्देल लगायतले शुभकामना दिए ।

कानेपोखरी गाउँपालिकामा ८२४ जना अपांगता भएका नागरिक भएको र थप १८२ जनाको सिफारिस भएको अपांंगता समन्वय समितिका अध्यक्ष नगेन्द्र बस्नेतले बताए ।

सरकारबाट रातो कार्ड भएका व्यक्तिले मासिक दुई हजार र निलो कार्ड भएकाले ६ सय पाउँछन् । सेतो र पहेलो कार्ड पाएका अपांगता भएका व्यक्तिहरुले नगद नपाए पनि यातायात, स्वास्थ, हवाई यात्रामा ५० प्रतिशत छुटको व्यवस्था रहेको अध्यक्ष बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "२८औं अन्तर्राष्ट्रिय अपांगता दिवस कानेपोखरीमा म..." A few seconds ago

सम्बन्धित खवर