टिप्परको ठक्कर बाट एकको निधन – Satabdi News

टिप्परको ठक्कर बाट एकको निधन

१४ मंसिर, भक्तपुर । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा १ पैदल यात्री उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर वि.कको निधन भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले टिप्परले ठक्कर दिई घाइते वि.कलाई तत्कालै उपचारका लागि इवामुरा मेमोरियल अस्पताल लाने क्रममा निधन भएको बताउनुभयो ।

ठक्कर दिई फरार रहेको सवारी साधनलाई सिसी टिभीबाट प्राविधिक अनुसन्धान तथा विभिन्न स्थानमा प्रहरी टोली खटिई खोजी गर्ने क्रममा काठमाडाँ कोटेश्वर तीनकुनेबाट बा.३ख. २५३१ नं को टिप्पर र चालक काभ्रे महाभारत गापा–८ घर भई हाल काभ्रे साँगा बस्ने ३० वर्षीय सिद्धिमान तामाङलाई पक्राउ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "टिप्परको ठक्कर बाट एकको निधन" A few seconds ago

सम्बन्धित खवर