हङ्कङमा प्रदर्शनकारी माथि प्रहरीद्धारा गोली प्रहार – Satabdi News

हङ्कङमा प्रदर्शनकारी माथि प्रहरीद्धारा गोली प्रहार

बेलबारी । हङ्कङमा सोमवार बिहान भएको विरोध प्रदर्शनको क्रममा प्रहरीले कम्तीमा एक जनामाथि गोली चलाएको छ ।
फेसबुकमा प्रत्यक्ष प्रसारण भएको भिडिओमा प्रहरी अधिकृतले बन्द गरिएको सडकमा एकजना प्रदर्शनकारीसँग भिड्नु अगाडि बन्दुक निकालेको देखिएको थियो । अनुहार छोपेका अर्का एक प्रदर्शनकारीलाई ती अधिकृतले शरीरमा गोली प्रहार गरेका हुन् । मुठभेड भइरहँदा प्रहरीले थप दुई गोली चलाएपनि भिडिओमा त्यो गोली कसैलाई लागे नलागेको प्रष्ट छैन् । जून महिनामा विरोध प्रदर्शन सुरु भएयता प्रहरीले गोली चलाएको यो तेस्रो पटक हो । पहिलो पटक अक्टोबर १ मा र दोस्रो पटक अक्टोबर ४ मा प्रहरीले गोली चलाएको थियो । सोमवार प्रदर्शनकारीहरूले उत्तरपूर्वी क्षेत्रको साई वान होमा सडकमा अवरोध गर्ने प्रयास गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हङ्कङमा प्रदर्शनकारी माथि प्रहरीद्धारा गोली प्रहार" A few seconds ago

सम्बन्धित खवर