मुख्यमन्त्रीको प्रमुख स्वकिय सचिवमा नवराज राई – Satabdi News

मुख्यमन्त्रीको प्रमुख स्वकिय सचिवमा नवराज राई

धरान । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकिय सचिवमा अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य नवराज राई नियुक्त भएका छन् ।
राईलाई मुख्यमन्त्री शेरधन राईले बिहीबार प्रमुख स्वकिय सचिवमा नियक्त गर्नु भएको हो । यस अघि नवराज राईले आन्तरिक मामिला मन्त्रालयले संचालन गरेको म अघि बढ्छु कार्यक्रमको संयोजकको भूमिका निर्वाह गदैं आउनु भएको थियो । तत्कालिन नेकपा एमालेका धरान नगर सदस्यको जिम्मेवारी सम्हाल्नु भएका राई यस अघि प्राध्यापन गदैं आउनु भएको थियो । मुख्यमन्त्रीको स्वकिय सचिवमा विद्यार्थी नेता मकर खड्काले काम गदैं आउनु भएको थियो । खड्का सचिवालयमा रहदा कार्यकर्ताहरुबाट निकै आलोचना हुदैंआएको थियो । खड्काको राजीनामा पछि प्रमुखमा राई र स्वकीय सचिवमा रेवतीरमण थापालाई नियुक्ती गरिएको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मुख्यमन्त्रीको प्रमुख स्वकिय सचिवमा नवराज राई" A few seconds ago

सम्बन्धित खवर