सबै प्राथमिक स्वास्थ् केन्द्रमा रेबिजको सुई – Satabdi News

सबै प्राथमिक स्वास्थ् केन्द्रमा रेबिजको सुई

कात्तिक । सरकारले सबै प्राथमिक स्वास्थ्य चौकीहरुमा रेबिजको सुई ब्यवस्था गरेकाे छ । जसकाे लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुई भण्डारणको क्षमता भएका सबै प्राथमिक स्वास्थ्य चौकीहरुमा रेबिजको सुई पठाउन थालेको हाे ।

गत, साउनमा काभ्रेका एक युवकको रेबिजका कारण ज्यान गुमाएपछि विभागले सुई वितरण थालेको बताइएकाे छ । यद्यपी ती सुई प्रदेश मेडिकल स्टोरहरुसँग समन्वय गरि प्राथमिक स्वास्थ्य चौकीहरुले लानुपर्ने छ ।

रेबिजले ज्यान जाने युवकले नजिकै रेबिज विरुद्धको सुई नपाएकाले नलगाएको घटनापछि गरिएको अध्ययनबाट पत्ता लागेको थियो ।

रेबिजको सुई सबै स्थानीय तह र प्राथमिक स्वास्थ्य चौकीमा उपलब्ध भए जनावरले टोक्नासाथ सुई लगाउन सक्छन् भनेर यो कार्यक्रम थालिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जुनोटिक रोग शाखाकी भेटेनरी अफिसर डा. रोशिका श्रेष्ठले बताइन् ।

उनले भनिन्, काभ्रेमा रेबिजले युवकको ज्यान गइसकेपछि रेबिजको खोपलाई सबैको पहुँचमा पुर्याउन विभागले गरेको निर्णय अनुसार माग भइआएको प्राथमिक स्वास्थ्य चौकीलाई रेबिजको खोप पठाइएको छ ।

रेबिजको खोप यसअघि जिल्ला स्वास्थ्य कार्यालयमा हुन्थ्यो त्यो पनि समयसमयमा स्टक सकिएर बिरामीहरु राजधानी नै आउनुपर्ने बाध्यता थियो ।

रेबिज प्राणघातक रोग हो । यसको संक्रमण भएर लक्षण देखापरेपछि मानिसको मृत्यु हुन्छ । घरपालुवा वा वन्यजन्तुको टोकाइबाट सर्ने रेबिजको लक्षण केही वर्षमा देखिनपनि सक्छ । तर, रेबिज संक्रमण भइसकेपछि मानिसको बाँच्ने सम्भावना नगन्य हुने महाशाखाको जुनोटिक तथा अन्य सरुवा रोग शाखाका प्रमुख डा. हेमन्त चन्द्र ओझाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सबै प्राथमिक स्वास्थ् केन्द्रमा रेबिजको सुई" A few seconds ago

सम्बन्धित खवर