भुपु गोर्खा सैनिकद्वारा दुईदिने गोष्ठीको आयोजना – Satabdi News

भुपु गोर्खा सैनिकद्वारा दुईदिने गोष्ठीको आयोजना

१८ कात्तिक, काठमाडौं । काठमाडौंमा गोर्खा भूतपूर्व सैनिकहरुको बृहत राष्ट्रिय गोष्ठी आयोजना हुने भएको छ ।

यही कार्तिक १८ र १९ गते हुन लागिरहेको नेसनल
सिम्पोसियम अन ह्युमेन राइट्स मोभमेन्ट फर क्वाइलिटी एण्ड डिग्निटी अफ एक्स ब्रिटिस गोर्खाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गोर्खा सैनिकहरुको समस्याको समाधानका लागि छलफल गर्न गोष्ठी आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

गोष्ठीको उद्घाटन डा.बाबुराम भट्टराई, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा र पुर्वप्रधानन्यायाधीश समेत रहेका खिलराज रेग्मीको संयुक्त रुपमा उपस्थितिमा रहनेछ । गोष्ठीमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उपस्थिति नगराइने आयोजकले जानकारी दिएको  छ ।

नेपाल सरकारले व्रिटिश सरकारसँग पूर्व गोर्खा सैनिकहरुको समस्याको समाधानका लागि वार्ता गर्नुपर्ने भएकाले गोष्ठीमा प्रधानमन्त्री ओली र सरकारका कुनै पनि प्रतिनिधिलाई सहभागी नगराउने निर्णयमा पुगिएको आयोजक समितिका सदस्य समेत रहेका पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलाले जानकारी दिए । तर गोष्ठीबाट निकलिएको प्रतिवेदन भने प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीलाई बुझाउने पनि आयोजकले जनाएको छ ।
गोष्ठीले भूतपूर्व गोर्खा सैनिकलाई पनि ब्रिटिश सेना सरह सेवा, सुविधा उपलब्ध गराउन ब्रिटिश सरकारलाई बाध्य बनाउने गरी रणनीति तय गर्ने दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "भुपु गोर्खा सैनिकद्वारा दुईदिने गोष्ठीको आयोजना" A few seconds ago

सम्बन्धित खवर