नेपाल मगर संघ मोरङको अध्यक्षमा टीका पिठाकोटे मगर – Satabdi News

नेपाल मगर संघ मोरङको अध्यक्षमा टीका पिठाकोटे मगर

८ मसिर , मोरङ, । नेपाल मगर संघ मोरङको अध्यक्षमा टीका पिठाकोटे सर्वसम्मतबाट चयन भएका छन् । शनिबार पथरी मगर संघको भवनमा आयोजित बन्द सत्रबाट टीका मगरको अध्यक्षता १४ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्ष पुर्ण प्रकाश पुर्बाछाने मगर केरावारी , वरिष्ठ सदस्य रामचन्द्र राना मगर पथरी, सचिव मनिष सुर्य मगर लेटाङ , सह सचिव होम दर्लामी मगर केराबारी , कोषाध्यक्ष पुनम मगर लेटाङ , सदस्यहरु मेखराज ऐक्चाइ मगर बेलबारी , शर्मिला लुगेलि मगर बेलबारी , हंस दर्लामी मगर लेटाङ , फुलमाया मगर केराबारी , रामचन्द्र लुगेलि मगर मिक्लाजुङ , तेजु आले मगर पथरी , इन्द्र पुर्बाछाने मगर , खगेन पुनमी मगर गरि १४ जना सर्वसम्मत चयन भएका हुन ।
बाकी रहेका ११ जना सदस्यहरु बिधान अनुरुप मनोनीत गरि २५ सदस्यीय जिल्ला कार्य समिति बनाउने नव गठित समितिका अध्यक्षले बताए। अधिवेशनको उद्द्घाटन नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष सीता राना मगरले गरेका थिए।
कार्यक्रममा मगर संघका केन्द्रिय सदस्य ढक बहादुर खपाङ्गी मगर, सारदा थापा मगर , गनेश पिठाकोटे मगर, लोक तान्त्रिक मगरका केन्द्रिय सदस्य पिबि मगर , बौद्ध सेवा समाजका इबेर आले मगर, प्रदेश १ का संयोजक तेज बहादुर आले मगर लगायतले बोलेका थिए। उद्द्घाटन कार्यक्रम सम्भु राना मगरको अध्यक्षतामा सम्मपन्न भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाल मगर संघ मोरङको अध्यक्षमा टीका पिठाकोटे मगर" A few seconds ago

सम्बन्धित खवर