मन्त्रीहरुको हेरफेरमा समाजबादी पार्टीको रुस्ट, छलफल नै नगरी मन्त्रीमण्डल पुर्नगठन गरियो – Satabdi News

मन्त्रीहरुको हेरफेरमा समाजबादी पार्टीको रुस्ट, छलफल नै नगरी मन्त्रीमण्डल पुर्नगठन गरियो

५ मंसिर, काठमाडौं। मन्त्रिमण्डल पुनर्गठनमा आपत्ती जनाउँदै समाजबादी पार्टी रुष्ट बनको छ । मन्त्रिमण्डल हेरफेरमा पार्टीसंग कुनै छलफल नै नगरेको भन्दै समाजबादी पार्टी रुष्ट बनेको हो ।

समाजबादीका एक नेताले आफ्नो पार्टीसंग कुनै छलफल नै नगरि प्रधानमन्त्री ओलीले मनपरी ढंगले मन्त्रिमण्डल पनुर्गठन गरेकोमा आपत्ति जनाए । उनले अब समाजबादीले सरकार छोड्ने तयार समेत भएको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको भूमिकामा रहेका समाजबादीका अध्यक्ष उपेन्द्र यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, स्वास्थ्य राज्यमन्त्रीको भूमिकामा रहेको सुरेन्द्र चौधरीलाई हटाइएको छ । उपप्रधानमन्त्री यादव अहिले दिल्ली भ्रमणमा छन् । उनी नेपाल फर्किएपछि सरकारबाट सरकारबाट फिर्ता हुने पार्टीले जनाएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार मात्रै ६ मन्त्री र तीन राज्यमन्त्री सहित ९ जनाको नयाँ नियुक्ति गरेका छन् । साथै त्यति नै संख्यामा मन्त्री तथा राज्यमन्त्रीको विदाई पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मन्त्रीहरुको हेरफेरमा समाजबादी पार्टीको रुस्ट, ..." A few seconds ago

सम्बन्धित खवर