धिमाल राष्ट्रिय फूटबल कप सुरु, उद्घाटन खेलमा कानेपोखरीको जित – Satabdi News

धिमाल राष्ट्रिय फूटबल कप सुरु, उद्घाटन खेलमा कानेपोखरीको जित

बिर्तामोड । धिमाल राष्ट्रिय फूटबल कप २०७६ को पहिलो संस्करण झापाको डोमालाल राजवंशी रंगशाला, बिर्तामोडमा सुरु भएको छ ।
शनिवार डोमालाल राजवंशी रंगशालामा कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले चेराक प्रज्जवलन तथा ट्रफि अनावरण गरि प्रतियोगीताको सुभारम्भ गर्नु भयो ।


उद्घाटन खेलमा कानेपोखरी गाउँपालिकाले जित हासिल गरेको छ । विर्तामोड नगरपालिकालाई शुन्यका विरुद्ध २ गोल गर्दै जित हासिल गरेको हो । पहिलो हाफको ३६ औं मिनेटमा कानेपोखरीका निखिल धिमालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै दोश्रो हाफको ३८ औं मिनेटमा अमृत धिमालले गोल गर्दै २ गोल अन्तरले टिमलाई जित दिलाएका थिए । आइतबार २ खेल हुदैछ । पहिलो खेल कमल गाउँपालिका र पथरी नगरपालिका बिच हुनेछ भने दोश्रो खेल दमक नगरपालिका र मेची नगर नगरपालिका बिच हुने आयोजक संस्था धिमाल सेवा समाजका अध्यक्ष मनबहादुर धिमालले जानकारी दिनुभयो । प्रतियोगीतामा बेलबारी, पथरीशनिश्चरे, उर्लाबारी, दमक, विर्तामोड, मेचिनगर, कानेपोखरी, कमल गाउँपालिका, बुद्धशान्ति र नक्सलबारी टिमको सहभागीता रहने आयोजक धिमाल सेवा समाजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धिमाल राष्ट्रिय फूटबल कप सुरु, उद्घाटन खेलमा का..." A few seconds ago

सम्बन्धित खवर