हिन्दु र मुस्लिम समुदाय विच झडप, एकको मृत्यु – Satabdi News

हिन्दु र मुस्लिम समुदाय विच झडप, एकको मृत्यु

१४ कार्तिक, कपिलवस्तु । लक्ष्मीको मुर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुसलमान समुदायबीच विवाद र झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएकाे थियाे ।

तर कर्फ्यू उल्लंघन गर्दै झडपकाे अवस्था सिर्जना गर्न खाेजिएपछि प्रहरीले गाेली चलाएकाे छ ।

प्रहरीको गोली लागेर स्थानीय कृष्णनगर नगरपालिका-२ का सुरजकुमार पाण्डेको मृत्यु भएको छ ।

प्रशासनले बिहान ११ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेकाे थियाे ।

लक्ष्मीकाे मूर्ति बिसर्जनका लागि बनाइएको बाटो छोडेर अर्को बाटो लान खोजेपछि दुई समुदायबीच बुधबारदेखि नै विवाद सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "हिन्दु र मुस्लिम समुदाय विच झडप, एकको मृत्यु" A few seconds ago

सम्बन्धित खवर