काकुम बुधबारेमा साङगीतिक कार्यक्रम सम्पन्न – Satabdi News

काकुम बुधबारेमा साङगीतिक कार्यक्रम सम्पन्न

बेलबारी । बेेलबारीमा बिशेष साङगीतिक कार्यक्रम सम्पन भएको छ । बेलबारी वडा नं ४ स्थित काकुम बुधबारेमा काकुम युवा समुहद्धारा आयोजित साङगीतिक कार्यक्रम सम्पन भएको छ ।उक्त कार्यक्रममा विशेष प्रस्तुति धिरज राई र बेलबारी आइडल विवश मोते साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति भएको थियो। शुभदिपावलीको अवसर पारेर साङगीतिक कार्यक्रम सम्पन गरेको काकुम युवा समुहका अध्यक्ष गोरीमान राईले शताब्दी न्युजलाई जानकारी दिनु भएको हो । उक्त कार्यक्रममा हजार भन्दा बढी सङख्यामा उपस्थिति रहेको थियो । गायक राईले आफ्नो गीतहरु प्रस्तुति गरेको थियो । यसै विचमा गायक राईले सबै दर्शकहरुलाई भरपूर नचाएर मनोरञ्जन गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "काकुम बुधबारेमा साङगीतिक कार्यक्रम सम्पन्न" A few seconds ago

सम्बन्धित खवर