दमकमा ‘घरजम’ को विशेष प्रर्दशनी – Satabdi News

दमकमा ‘घरजम’ को विशेष प्रर्दशनी

दमक । नेपाली मौलिक चलचित्र ‘घरजम’ को विशेष प्रर्दशन झापाको दमक स्थित पाथिभरा चलचित्र हलमा सम्पन्न भएको छ ।शनिवार साँझ झापाको दमक स्थित पाथिभरा चलचित्र हलमा विशेष प्रर्दशन सम्पन्न भएको हो । नेपालको पूर्वी पहाडी जिल्लाहरूको परिवेशलाइ समेटेर बनाइएको चलचित्रले पूर्वी भेगका विशेष गरेर लिम्बु समुदायको संस्कृतीमा आधारीत भएर चलचित्र निर्माण गरिएको छ । दमकमा भएको विशेष प्रर्दशनी सोचेको भन्दा राम्रो ढंगले सफल भएको दमकका विशेष प्रर्दशनीका संयोजक विक्रम फागो वनेमले बताउनुभयो । चलचित्र युनिट, सहयोगदाता, पत्रकार, वुद्धिजिवी साथै आम दर्शक महानुभावहरूले गर्दा नै यो प्रर्दशनी सफल भएको हुनाले विशेष धन्यवाद समेत व्यक्त गर्नुभयो ।


चलचित्र ‘घरजम’ देशभरका मल्टिप्लेक्स तथा सिङ्गल थिएटर गरी ८० भन्दा बढि चलचित्र हलमा प्रर्दशन गर्ने लक्ष रहेको जानकारी गराइएको छ । साथै, विदेशका १० भन्दा बढी स्थानमा ‘विशेष’ प्र्रर्दशनीको तयारी समेत गरिएको विशेष प्रर्दशन समितिका संयोजक शैलेन्द्र थेवेले जानकारी दिनु भयो । चलचित्र ‘घरजम’ लाई ‘घुम्ती’ शैलीमा समेत प्रर्दशन गर्ने योजना रहेको छ । घुम्ती प्रर्दशन अन्र्तगत इलामका १०, पान्थरका ८, ताप्लेजुङका ९, तेह्रथुमका ६, धनकुटाका ७ र संखुवासभाका १० गरी ५० वाटा स्थानी तहमा प्रर्दशन गरिने छ ।

दमकको विशेष प्रर्दशनी पछी स्थानीय पत्रकार, वुद्धिजिवी, साहित्यकार, समिक्षक तथा सरोकारवाला पक्षसँग घरजमको बारेमा समिक्षा गरिएको छ । ‘घरजम’ का लागि स्टार भ्याल्यु रोजाइमा पर्न नसकेको यस चलचित्रलाइ क्यारेक्टरमै काम गर्नुपर्छ भन्ने मान्यताले अझ चलचित्रलाइ सुगन्ध थपेको समिक्षकहरूले बताएका छन् । अधिकांश समिक्षकहरूले यस चलचित्र चुनौतीसँग पौठेजोरी खेलेर बनेको चलचित्रले बजारको हिसाबमा पनि सफलता पाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दमकमा ‘घरजम’ को विशेष प्रर्दशनी" A few seconds ago

सम्बन्धित खवर