५७ लाख ७९ हजारसहित पक्राउ परे भारतीय नागरिक – Satabdi News

५७ लाख ७९ हजारसहित पक्राउ परे भारतीय नागरिक

 

 

२९ जेठ, वीरगञ्ज । बाराबाट प्रहरीले स्रोत नखुलेको ५७ लाख ७९ हजार ४ सय ९० रुपैयाँ सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार मोतिहारी जिल्ला थाना छौडादानो ग्राम दर्पा वडा नं ११ पिपरा टोल बस्ने २४ बर्षीय वृजकिशोर कुमार पक्राउ परेका हुन् ।

बारा सुवर्ण गाउँपालिका वडा नं ७ सनफुलवा स्थित दशगजा क्षेत्र नजिकैबाट चेकजाँचको क्रममा उनलाई मंगलबार बेलुका नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले बताए  ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आउँदै गरेका उनको शरीर खानतलासी गर्ने क्रममा रकम फेला परेको उनको भनाइ छ । चन्देश्वरले शरीरको विभिन्न भाग र मोटरसाइकलमा रकम लुकाएका थिए ।

दुवै खुट्टाको पिडूँला भाग, कम्मर, जिन्स पाइन्टको खल्ती, हेल्मेट र मोटरसाइलको डिक्कीबाट समेत पैसा भेटियो’, डीएसपी सुशिलसिंह राठौरले भने, ‘शंकास्पद रुपमा ल्याउँदै गरेको रकमको स्रोत पनि उनले खुलाउन सकेनन् । त्यसपछि नियन्त्रणमा लिएका हौं ।’

 

उनलाई आवश्यक छानविन एवं कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "५७ लाख ७९ हजारसहित पक्राउ परे भारतीय नागरिक" A few seconds ago

सम्बन्धित खवर